माधव नेपालसहितका १४ सांसदविरुद्धको रिटको सुनुवाइ आज ‘हेर्न नमिल्ने’

काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आज आइतवार ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीले  यसअघि नै एकीकृत समाजवादीकै सांसद सोमप्रसाद पाण्डेयलाई विपक्षी बनाएर दायर भएको रिटमा आफूहरूले आदेश दिएको र मुद्दा जोडिएकाले आफूहरूले सुनुवाइ गर्न नमिल्ने बताएपछि आज सुनुवाइ नभएको हो ।  एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाल...