एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तयार नभए सत्ता गठबन्धन टुट्ने

काठमाडौं, ३ मंसिर । अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४ डिसेम्बर अर्थात् २८ मंसिरभित्र पारित गरिसक्न समयसीमा दिएपछि सत्ता गठबन्धनमा कम्पन नै आउने देखिएको हो । एमसीसी नेपाललाई चाहिएको हो कि होइन ? भनी लूले […]

सम्बन्धित सामग्री

नेकपा माओवादी केन्द्रको बैठक पर्सिसम्मका लागि स्थगित

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पर्सिसम्मका लागि स्थगित भएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएपछि बैठक पर्सि आइतवार ११ बजेसम्मका लागि स्थगित भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता, स्थानीय तहको चुनाव, सत्तागठबन्धनको अवस्था लगायतका बारेमा ब्रिफिङ गर्नुभएको छ । उहाँले सत्ता गठबन्धन नै भत्किने खतरा बढेकोले एमसीसी पारित गरेको बताउनुभयो । व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुँदा सम्भावित समस्या हल भएको र चुनावसम्म नै सत्ता गठबन्धन रहने प्रच...

ओली सत्तामा फर्किने र निर्वाचनमा पराजयको भयले प्रचण्ड एमसीसी पारित गराउन राजी भए

काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामो समयको रस्साकस्सीपछि एमसीसी पारित गराउने पक्षमा उभिएका छन् । धेरैले उनी एमसीसीको पक्षमा उभिन सक्दैनन् भनेर अड्कलबाजी गरेका थिए । तर, पार्टीभित्रको एमसीसीविरोधी जनमतलाई समेत विश्वासमा लिएर दाहालले एमसीसीको पक्षमा मतदान गर्ने भनेर पार्टीबाटै आधिकारिक निर्णय गराएका छन् । योसँगै सत्ता गठबन्धन […]

एमसीसी पनि पास हुन्छ, सत्ता गठबन्धन पनि टुट्दैन : प्रचण्ड

सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए ।

एमसीसी पनि पास हुन्छ, सत्ता गठबन्धन पनि टुट्दैन : प्रचण्ड

सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए ।

सत्ता गठबन्धन जोगाएरै एमसीसी पास गर्ने उच्चस्तरमा समझदारी

माओवादी बैठकबाट निस्किएका एक प्रभावशाली नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धन जोगाएरै एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एकखालको समझदारीमा पुगेका छन् ।

ओलीको डरले एमसीसी टेबल गर्न यसरी सहमत भए प्रचण्ड–माधब

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको बोली र व्यवहारबीच तालमेल नहुँदा एमसीसी संसदमा टेबल भएरै छाड्यो । संसदमा सत्तापक्षकै सांसदको विरोध र सडकमा सत्ता पक्षीय दलकै भातृ संगठनहरुको नाराबाजी र प्रदर्शनकै बीचमा एसमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको छ ।एमसीसीलाई नेपालको संसदमा टेबल हुन १० वर्ष लाग्यो । १० वर्षमा नेपालमा ८ वटा सरकार आए । सरकारै पिच्छे आ–आफ्ना अर्थमन्त्री आए । तर, सम्झौता अनुमोदनका लागि संसदमा दर्ता हुनु अगाडीसम्म कुनै गाईगुई सुनिएन ।३० असार २०७६ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेका थिए । यो प्रक्रियाको विरोध तत्कालिन सत्ताको नेतृत्व गरिरहेको दल नेकपाले नै गर्यो । एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाका प्रमुख सचेत देव गुरुङले संसद बैठकमा समय मागेर एमसीसीको विरोध गरे । जनार्दन शर्मा नक्कली बिरामी बन्नुपर्योतत्कालिन नेकपा भित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्ष चुलिएका बेलादेखि एमसीसीलाई राजनीतिक एजेण्डा बनाईयो । तत्कालिन नेकपाभित्र एमसीसीको पक्ष र विपक्षमा नेताहरु विभाजित भए ।२८ मंसिर २०७६ बाट सुरु भएको तत्कालिन नेकपाको स्थायी कमिटी बैठकको एजेण्डा नै एमसीसी बन्यो । त्यो बैठकबाट भीम रावल, देव गुरुङ, जनार्दन शर्मा लगायतका नेताले एमसीसी सम्झौता अनुमोदन गरिए नेपालमा अमेरिकी सेना आउने भनेर गलत भाष्य निर्माण गरिदिए । त्यसपछि सर्वसाधारण जनता झस्किए ।२८ मंसिर २०७६ बाट सुरु भएको तत्कालिन नेकपाको स्थायी कमिटी बैठकमा २ पौष २०७६ मा जनार्दन शर्माले लिखित धारणा राख्दै एमसीसी सैन्य गठबन्धन अन्तर्गत छैन भन्ने पुष्टि गर्नुपर्ने र त्यसपछि मात्रै अनुमोदन हुनुपर्ने बताए । तर, देशमा उथलपुथल भएको राजनीतिले उनै शर्मालाई अर्थ मन्त्रालयको कुर्सीमा पुर्यायो ।आफैँले विरोध गरेको एमसीसी संसदमा टेबल गर्नुपर्ने भूमीकामा उनै जनार्दन शर्मा देखा परे । तर, अन्तिममा आएर उनी ‘नक्कली’ बिरामी बनेर संसद बैठकमै आएनन् । आफ्नो जिम्मेवारीबाट भागेर अर्थमन्त्री नक्कली बिरामी बनेर बसेपछि भदौ २०७४ सालमा एमसीसी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गरेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार मन्त्रीका हैसियतमा अर्थमन्त्री शर्माको तर्फबाट एमसीसी संसदमा प्रस्तुत गरे ।प्रधानमन्त्री बन्नु अघि प्रचण्डसामु देउवाको त्यो सर्ततत्कालिन नेकपाभित्रको शक्ति संघर्षले सर्वोच्चबाट नेकपा २ टुक्रा मात्रै भएन, एमालेको माधब नेपाल समूहले नयाँ पार्टी नै बनायो । पार्टी भित्रकै प्रचण्ड–माधब नेपालको समूहले काम गर्न नदिएपछि  तत्कालीन प्रधानमन्त्री ओलीले ५ पौष २०७७ मा प्रतिनिधिसभा भंग गरिदिएपछि प्रचण्ड र माधब नेपाल काँग्रेससँग नजिक भए ।प्रचण्ड र माधबको लामो प्रयासमा देउवा गठबन्धन गर्न र आफू प्रधानमन्त्री बन्न राजी भएका थिए । तर, त्यतिबेला देउवाले आफू प्रधानमन्त्री भए एमसीसी कार्यान्वयन गर्नैपर्ने सर्त प्रचण्ड–नेपालका सामू राखेका थिए ।‘तपाईंहरुले एमसीसी संसदबाट पास गराउन आफ्नै पार्टीको नेतृत्वको सरकारलाई त सहयोग गर्नुभएन, अहिलेको यो अवस्था आयो’ देउवाले त्यतिबेला भनेका थिए, ‘मलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्नुहुन्छ भने एमसीसी पास गराउनुपर्छ, म प्रधानमन्त्री बनेपछि एमसीसी कार्यान्वयन गर्नैपर्छ ।’बैशाख २०७८ मा काँग्रेसका वालकृष्ण खाँण र माओवादीका वर्षमान पुनले एमसीसी पेश गर्नुअघि संसदमा संकल्प प्रस्ताव पारित गर्ने र त्यसपछि एमसीसी अनुमोदन गर्ने प्रस्ताव तयार पारे । यसमा देउवा र प्रचण्ड सहमत भए । देउवाको सर्तमा प्रचण्ड मन्जुर भएपछि अहिलेको सत्ता गठबन्धन सम्भव भएको थियो । ओली सत्तामा फर्किने डरमाओवादी अध्यक्ष प्रचण्डले ‘ढुलमुले’ प्रवृत्ति देखाएपछि देउवा रुष्ट बने । स्थानीय तहको निर्वाचनको मिति पनि देउवाले पेलेरै तोकेका थिए ।एमसीसीका सम्बन्धमा प्रचण्डसँग विश्वस्त हुन नसकेपछि देउवाले ओलीसँग छलफल अघि बढाए । ओली अहिलेको सत्ता गठबन्धन टुटोस् भन्ने चाहन्छन् । देउवा र उनको पार्टी काँग्रेस पनि गठबन्धनमा खुशी छैन । यहीँ गठबन्धन लिएर चुनावमा जाने पक्षमा काँग्रेस छैन ।त्यसैले एमसीसी पास गराउन एमालेले सहयोग गर्ने बचन दिएको खण्डमा गठबन्धन तोड्न देउवा राजी जस्तै देखिए । तर, एमसीसीकै कारण सत्ता गठबन्धन टुक्रिए एमाले अध्यक्ष ओली फेरि सत्तामा फर्किने डर प्रचण्ड र माधवलाई भयो ।प्रचण्ड र माधबले देउवासँग शुक्रबार छलफल गरेर गठबन्धन कायमै राखेर संसदमा एमसीसी टेबल गर्न दिने सहमति गरे ।‘एमसीसी पारित हुनु र गठबन्धन टुट्नुमध्ये गठबन्धन टुट्नु चाहिँ देशका लागि घातक हुन्छ भन्ने निष्कर्ष निकालेरै हामीले संसदमा एमसीसी टेबल गर्न दिने सहमति गरेका हौँ’ नेकपा समाजवादीका एक नेता भन्छन्, ‘हामीले यो सहमति नदिएको भए देउवा जी त ओलीसँग मिल्नुहुन्थ्यो, ओलीसँग देउवा मिल्नुभन्दा बरु एमसीसी यहीँ गठबन्धले टेबल गरौँ भन्ने कुरा भयो ।’१४ सांसदमाथि कारबाही हुने भयओली र देउवाबीच निरन्तरको संवादले प्रचण्ड र माधब झस्किएका थिए । देउवा ओलीसँग मिलेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव उल्टिने र सभामुख अग्नि सापकोटालाई हटाउन सक्ने भयले प्रचण्ड र माधब एमसीसी टेबल गर्न दिन सहमत भएका हुन् ।‘यदि अग्नि सापकोटा सभामुखबाट हटाईएको खण्डमा एमालेले कारबाही गरेका १४ सांसदको पद जाने जोखिम पनि प्रचण्ड माधबले देखेका थिए । यस्तो अवस्थामा माधब नेपालको एकीकृत समाजवादी पार्टी नै नरहन सक्थ्यो’ एक जना विश्लेषक भन्छन्, ‘१० सांसदले त पार्टी बन्दैन, पार्टी विभाजनलाई सजिलो बनाउने गरी पहिला जारी भएको अध्यादेश अनुसार पनि एमालेका १२१ सांसदको २० प्रतिशत पुर्याउन २४ सांसद चाहियो, १० सांसद २० प्रतिशत होइन । त्यहीँ पनि त्यो अध्यादेश निष्कृय भईसक्यो ।’मूलतः माधबको पार्टी जोगाउने र चुनावमा काँग्रेसको हात समातेर माओवादी र एकिकृत समाजवादीको अस्तित्व कायम राख्ने गरी एमसीसी संसदमा टेबल भएको ती विश्लेषकको दाबी छ ।

एमसीसी पारित गर्न अमेरिकाको दबाबले सत्ता गठबन्धन नै संकटमा

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ्न प्रधानमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार भएको छलफलमा प्रचण्ड र नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसद्बाट पारित गर्न नसकिने बताउनुभएको स्रोतले जनायो ।उता प्रधानम

देउवासँगको भेटमा प्रचण्ड–नेपालको एक स्वर : यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न

प्रमुख सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने पक्षमा नरहेको बताएका छन् ।  बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् ।  एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेका बेला प्रचण्ड र नेपालले एकै स्वरमा आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् । &...

गठबन्धनमा खैलाबैला : के सत्ता गठबन्धन टुट्न लागेको हो ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न प्रस्ताव गरेसँगै सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ । सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र)का नेताले एमसीसीका विरुद्धमा मत राख्दै हिँडेपछि देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेर एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएको छ । यस्तै,...

देउवाले प्रचण्ड र नेपालसँग किन मागे एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु ?

काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने अडानमा टसमस नहुने भएका छन् । उनले सत्ता गठबन्धन जोगाएर या अन्य विकल्पबाट एमसीसी पारित गर्ने हुन् भन्ने चासो बनेको छ । देउवा सकेसम्म गठबन्धन जोगाउने पक्षमा छन् । उनले आफूलाई बालुवाटारमा भेट्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका […]