मुक्तिनाथ कृषि कम्पनीको खुल्यो आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज(शुक्रबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ बिक्री खुल्ला गरेको छ । मुक्तिनाथ कृषि कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँ प्रतिकित्ताका दरले ११ लाख ४८ हजार कित्ता सेयर सर्वासाधारणका लागि खुला गरेको छ । जहाँ सर्वसाधारणहरुले न्युनतम १० कित्ता […]

सम्बन्धित सामग्री

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सर्वसाधारणमा बाँडफाँट

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले मंगलवार बिहान आईपीओ बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि कम्पनीले मङ्सिर ८ गतेदेखि १२ गतेसम्म आईपीओ जारी गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरू र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँट गरेको हो । सर्वसाधारणमा निष्कासन गरेको शेयर खरीदका लागि १३ लाख ४० हजार १९९ जनाले आवेदन दिएको जानकारी विक्री प्रबन्धकले गराएको छ । यीमध्ये १२ लाख ७४ हजार ५६७ जनाको आवेदन मात्र रितपूर्वक भएकाले स्वीकृत गरेको भनाइ विक्री प्रबन्धकको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट १ लाख १४ हजार ८०० जनामा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । मुक्तिनाथ कृषि कम्पनीले कृषक तथा कृषि व्यवसायीहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू, जस्तै : मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरणसम्बन्धी क्रियाकलापहरू गरिरहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गरेको छ । कम्पनीले शुक्रबारदेखि प्राथमिक सेयर (आइपिओ) को आवेदन खुला गरेको हो । कम्पनीले जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल रहेको छ । आइपिओमा मङ्सिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिने छ ।

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ दशैंकै बीचमा विक्रीमा आउने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले दशैंको बीचमै पहिलो चरणको आईपीओ विक्री खुला गर्दैछ । कात्तिक ११ गते पूर्णिमाको दिनसम्म बडादशैं मनाउने गरिन्छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक १० गतेदेखि आईपीओ विक्री खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारणतर्फको शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूले यो आईपीओ खरीद गर्न सक्नेछन् ।  सर्वसाधारणमा कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ विक्री गर्न स्वीकृति पाएको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा कुल कित्ता शेयरमध्ये १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता आईपीओ भने  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्न लागिएको हो ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन समेतबाट आवेदनका दिन सकिनेछ ।   कम्पनीले आफ्नो उद्देश्यअनुसार कृषि, कृषक तथा कृषि व्यवसायीहरूको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू, जस्तै : मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरू गरिरहेको छ । हाल कम्पनीमा संस्थापकतर्फ ८० प्रतिशत शेयर स्वामित्व कायम छ । गत आर्थिक वर्ष ०७९/८० सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ८३ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मुक्तिनाथ कृषि कम्पनीले माग्यो आईपिओ निष्काशन अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।   कम्पनीले आईपिओ निष्काशन गर्नको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको छ। मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । कम्पनीले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको जनाएको छ । कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । यो शुरुवात संगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकालले बताएका छन्।  विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि कम्पनीले विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ ।