काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ । गएकाे आइतवारदेखि लगातार घटिरहेको नेप्से आज ३८ दशमलव ४२ अङ्कले घटेर दुई हजार सात सय ७६ दशमलव ६१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । जीवन बीमा समूहकाे शेयर दुई सय ९८, निर्जीवन बीमा समूहकाे शेयर एक सय ४६, विकास बैंक समूहकाे शेयर ८४ र माइक्राेफाइनान्स समूहकाे शेयर ६३ अङ्कले घटेकाे छ ।
आज ९३ लाख ५८ हजार कित्ता शेयर चार अर्ब...