लगातार चौथो दिन पनि घट्यो शेयर बजार, कारोबारमा छैन उत्साह

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय ३७ दशमलव ७४ विन्दुमा झरको छ । आज बैंक, व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्डको शेयर घटेको छ । अरू समूहको शेयर भने सामान्य बढेको छ । आज दुई सय २७ वटा कम्पनीकाे ३४ लाख एक हजार कित्ता शेयर एक अर्ब चार करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेप्से सूचक घटेक...

सम्बन्धित सामग्री

लगातार चौथो दिन शेयर बजार घट्यो - NepaliPatra

काठमाडौँ । लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा झरेको छ । आज व्यापारबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै दोर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशत र हिमालयन लघुवित्तको शेयर […]

शेयर बजार घट्यो, ४ अर्ब २९ करोड रुपैयाँको कारोबार - NepaliPatra

काठमाडौँ । लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार ६८ दशमलव ९० विन्दुमा झरेको छ । आज होटल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ, अरू समूहको शेयर सामान्य ओरालो लागेको छ । […]

आज दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं, ९ चैत्र । साताको कारोबारको चौथो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक २० दशमलव ३४ अंकले घटेर २६ सय ३० दशमलव ३६ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ विन्दु कायम भएको हो । […]

आज नेप्से ३० अंकले घट्यो, २ अर्बको कारोबार

काठमाडौं, २५ फागुन । साताको कारोबारको चौथो दिन आज नेप्सेमा ३० अंकको गिरावट आएको छ । नेप्से आज ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ४६ अंकले घटेर ४८७ दशमलव ७ विन्दुमा रोकिएको छ । आज नेप्से […]

शेयर बजार ३८ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

साताको चौथो दिन बुधवार नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७७६.६१ अंकमा आइपुगेको छ ।  बुधवार २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयरको ६१ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा चार अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रूपैयाँको कारोबार भएको छ । बजार घटेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।  सीईडीबी हाइड्रोपावर, सानिमा जनरल इन्स्योरेन्स, मैलुङखोला जलविद्युत कम्पनी सहितका कम्...

चार दिनमा १४३.९ अंकले घट्यो नेप्से

१२ माघ, काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन पनि घटेको छ । आइतबार २९२०.५१ बिन्दुबाट कारोबार शुरु भएको बजार बुधबार आइपुग्दा २७७६.६१ विन्दुमा झरिसकेको छ । साताको चौथो दिन बुधबार ३८.४५ अंकले बजार ओरालो लाग्यो । यो साता सरकारले विभिन्न क्षेत्रमा महामारीका कारण कडाइ गरेका कारण तरलता संकट कम भएर शेयर बजार […]

साताको शेयर बजार : नेप्से परिसूचक ७३.२३ अंक घट्यो, १६ अर्बभन्दा बढीको कारोबार

पुस ३, काठमाडौं । अघिल्ला दुई साता निरन्तर पाँच प्रतिशतभन्दा बढीले घटेको नेप्से परिसूचक यो साता भने २ दशमलव ९९ प्रतिशत घटेको छ । गत साता २ हजार ४४९ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । गत साताभन्दा यो साता नेप्से परिसूचक अंकमा भने ७३ दशमलव २३ अंक तल झरेको हो ।  यो साता बजारले ६ प्रतिशतको सकारात्मक सर्किट देख्न पाएको थियो । पहिलो कारोबार दिन ८८ दशमलव ७३ अंक र दोस्रो दिन ७९ दशमलव ५७ अंक घटेको बजार तेस्रो कारोबार दिन भने ६ प्रतिशत अर्थात् १३७ दशमलव १८ अंकले बढेर कारोबारको करीब साढे २ घण्टाको अवधिमै बन्द भएको थियो ।  उक्त दिन बजार दुई पटक सकारात्मक सर्किट लागेको थियो । त्यस दिन १२ बजेर ३८ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटपछि ४० मिनेट बन्द भई खुला भएको बजार ९ मिनेटभित्रै थप एक प्रतिशत बढेपछि पुरै दिनका लागि कारोबार बन्द भएको थियो । तेस्रो दिन सकारात्मक सर्किट सहित बन्द भएको बजार चौथो दिन भने ४ दशमलव २३ अंकले घटेर बन्द भएको थियो । साताको अन्तिम कारोबार दिन भने बजार ३७ दशमलव ८७ अंकले घटेको हो । बजारमा लगानीयोग्य पूँजीको अभावका कारण बजार प्रभावित बनिरहँदा आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै औधोगिक क्षेत्रमा लगाउनु पर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए ।  धितोपत्र दोस्रा बजार सूचनाको जोखिमका विच सञ्चालन हुने भएकाले माओवादी अध्यक्ष प्रचण्डको उक्त अधिव्यक्तिपछि पनि थप प्रभावित बनेको लगानीकर्ताहरुको आरोप छ । बजारले नकारात्मक कुराहरुलाई पचाईसकेकाले तरलता अभावका विच पनि बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर स्थिर राख्नु बजारका लाथि सकारात्मक रहेको टिप्पणी ब्रोकरहरुले गरेका छन् । यसका कारण पनि केहि समयदेखि निरास बनेका लगानीकर्ताहरु थप आशावादी बनेको ब्रोकरहरु बताउँछन् । यो साता बजारका समग्र परिसूचकहरु गत साताभन्दा कम भएका छन् । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७१ अंकले घटेको छ । गत साता ४६५ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ५३ विन्दुमा झरेको हो । कारोबार रकम पनि गत साताभन्दा यो साता ९८ करोड ७७ लाख ६७ हजारले घटेको छ । गत साता रू. १७  अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. १६ अर्ब ११ करोड ९ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो । कारोबार रकमसँगै यो साता ३० लाख २२ हजार ९५ कित्ता कम शेयर कारोबार भएको छ । गत साता ३ करोड ९५ लाख ६  हजार ९६६ कित्ता शेयर कारोबार भएकोमा यो साता ३ करोड ६४ लाख ८४ हजार ८७१ कित्ता शेयर कारोबार भएको हो । बजारका महत्वपूर्ण परिसूचकहरुमा कमी आएको यो साता सूचीकृत कम्पनीहरुको कुल शेयरमूल्य पनि रू. १ खर्ब २ अर्ब ८१ करोड ४४ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३४ खर्ब ४४  अर्ब २६ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाखमा झरेको छ । यो साताको बजारका सूचकहरुको अवस्था :                                                                       स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाए : यो साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरुको सम्पत्तिको मूल्य सर्वाधिक घटेको छ । गत साता १० हजार ८२६ दशमलव ७६ विन्दुमा रहेको निर्जीवन बीमाको समूहगत परिसूचक यो साता १० हजार १९८ दशमलव २८ व्न्दिुमा झरेको हो । गत साताभन्दा यो साता निर्जीवन बीमा समूहको परिसूचक ५ दशमलव ८० प्रतिशत घटेको हो । यो साता सबै समूहगत परिसूचक घटेका छन् । निर्जीवन बीमासँगै विकास बैंक समूहको परिसूचक ५ दशमलव ७८ प्रतिशत घटेको छ । त्यस्तै, व्यापारिकको ५ दशमलव ६५ प्रतिशत, बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३२ प्रतिशत, जलविद्युतको ३ दशमलव ८७ प्रतिशत, वित्तको २ दशमलव ३९ प्रतिशत, जीवन बीमाको ४ दशमलव ४२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८० प्रतिशत र लगानी समूहको २ दशमलव ९८ प्रतिशत परिसूचक घटेको हो । साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :                                                           स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

शेयर बजार लगातार चौथो दिन पनि घट्यो, साढे चार अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिनदेखि ओरालो लागेको शेयर बजार लगातार चौथो दिन बुधवार पनि घटेको छ । नेप्से आज १६ दशमलव ९७ अङ्कले घटेर दुई हजार आठ सय एक दशमलव १३ विन्दुमा झरेको छ । आज विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको झण्डै चार अङ्कले, व्यापारको १३, जलविद्युतको ५९, होटलको ७४, फाइनान्सको ३३, जीवन बीमाको ७५, निर्जीवन बीमाको एक सय ४४, उत्पादनको एक सय ३३ र अन्य समूहको शेयर १८ अङ्कले घटेको छ । आज दुई सय २२ कम्पनीका एक करोड १६ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा क...

नेप्सेसँगै घट्यो शेयर कारोबार

काठमाडौं, २३ असार । केही दिनदेखि नेप्सेमा गिरावट आउने क्रम जारी छ । साताको कारोबारको चौथो दिन आज शेयर बजार नेप्से १६.९७ अंकले घटेर २८ सय १ दशमलव १३ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ५० अंकले घटेर ५२५ दशमलव २४ विन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज २ सय […]