श्रीमतीको हत्या आरोपमा सप्तरीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१ रामपुरका हीरालाल रजक छन् । रकम हिनामिना गरेको भन्दै उनले शुक्रबार राति ४० वर्षीया श्रीमती गीतालाई टाउको र निधारमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सप्तरी : श्रीमतीको हत्या गरेको आरोपमा राजविराज नगरपालिका–१ चनौरा पडरियामा भैयालाल भनिने हिरालाल रजक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार श्रीमती ४० वर्षीया गीताको हत्या गरेको आरोपमा ५२ वर्षीय भैयाललाल सोमबार पक्राउ परेका हुन्।राजविराज नगरपालिका–१ स्थित प्रांगारिक मल बनाउने निर्माणाधीन भवनको प्यासेजभित्र शव फेला परेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। मृतकको टाउको तथा निधार समेतमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।राजविराज नगरपालिका
ओखलढुंगाको सिद्धिचरण नगरपालिक–११ सोब्रुमा एक महिलाका हत्या भएको छ । श्रीमान् रामबहादुर राईले चिर्पट प्रहार गर्दा ३३ वर्षीय कल्पना खड्का राईको ज्यान गएको हो । श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार गरेको बुझिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका घर भई ३ वर्षअघि देखि यहाँ बसोवास गर्दै आएका आरोपित राईलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ ७ बजेतिर घटना घटेको भए पनि
२७ साउन, वीरगञ्ज । श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले जानकारी दिए । उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान […]
रुकुम पूर्व : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ की २६ वर्षीया कमला खनालको हत्या आरोपमा उनको श्रीमान २५ वर्षीय दीपक भनिने दलजित खनाल पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले विवाद हुँदा दीपकले शुक्रबार राति कमलाको घाँटी थिचेर हत्या गरी झुण्ड्याएको स्वीकारेको बताए।‘दुवैजना बीच वादविवाद बढ्दै जाँदा दीपकले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ‚’ प्रहरी निरीक्षक शर्माले भने‚ ‘थप अनुसन्धान पनि हुँदैछ।’कम
बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर पत्नीको हत्या गरेको आरोपमा लुकमान आइतबार पक्राउ परेका हुन् । लुकमानसहित परिवारका सदस्यहरू मिलेर २ फागुन ०७६ मा २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप छ । घटनाको बिषयमा मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर
वुधबार गुहेश्वरीमा श्रीमती हत्या आरोपमा पक्राउ परेका राम श्रेष्ठले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको बयान प्रहरीमा दिएका छन्। श्रीमतीको हत्या गरेलगत्तै आफैले प्रहरीलाई खबर गरेका श्रेष्ठले श्रीमतीसँगको झगडा सहन...
इलाम : देउमाई नगरपालिका–४ चित्रेका ताकबहादुर तामाङ श्रीमती हत्या आरोपमा पक्राउ परेका छन्।घरायसी विवादमा ताकबहादुरले धारिलो हतियार (दाउ)ले ४६ वर्षीया ताकमायाको घाँटी काटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। भोजपुरको ओख्रे घर भई एक वर्षदेखि इलाम बस्दै आएका थिए। हत्याका आरोपी तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डको टालीले तत्काल पक्राउ गरेको छ। प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो हतियारसहित नियन्त्रणमा लिई अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार