धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

इलाम : देउमाई नगरपालिका–४ चित्रेका ताकबहादुर तामाङ श्रीमती हत्या आरोपमा पक्राउ परेका छन्।घरायसी विवादमा ताकबहादुरले धारिलो हतियार (दाउ)ले ४६ वर्षीया ताकमायाको घाँटी काटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। भोजपुरको ओख्रे घर भई एक वर्षदेखि इलाम बस्दै आएका थिए। हत्याका आरोपी तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डको टालीले तत्काल पक्राउ गरेको छ। प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो हतियारसहित नियन्त्रणमा लिई अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार

सम्बन्धित सामग्री

श्रीमतीको हत्यापछि फरार श्रीमान पक्राउ

रुपन्देही । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- १६ मा श्रीमतीको हत्या गरेर फरार श्रीमान तीन दिनपछि पक्राउ परेका छन् । बैशाख २१ गते राति रामग्राम- १६ सबुनीस्थित घरमा जोखन कहाँरले धारिलो हतियार प्रहार गरी श्रीमती ललिताको हत्या गरेका थिए । फरार जोखनलाई प्रहरीले पाल्हिनन्दनबाट आज पक्राउ गरेको हो । घाँटी र कोखामा धारिलो हतियार प्रहार गरेर […]

झापामा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौँ । झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–६ स्‍थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले ३५ वर्षीया श्रीमती तालामाईको हत्या गरेको आरोप छ। शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरी हास्दाले आफ्नी श्रीमतीको कोखमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक […]