प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली उत्पादन र उपभोग अभिवृद्धि दशक घोषणा गरेका छन् । स्वदेशी उत्पादन बढाउन र उत्पादित वस्तुको बजार सुनिश्चित गर्न सरकारले यस्तो अवधारणा ल्याएको हो । प्रधानमन्त्री देउवाले सार्वजनिक गरेको अवधारणामा अबको १० वर्षपछि कुल गार्हस्थ उत्पादनमा उत्पादनमुलक उद्योगको योगदान १५ प्रतिशत पुर्याउने भनिएको । अहिले उत्पादनमुलक उद्योगको योगदान ५.९ प्रतिशत छ ।अवधारणामा उपभोग्य वस्तुको आयात क्रमशः घटाउँदै नेपाली उत्पादन र उपभोगमा अभिवृद्धि गर्ने भनिएको छ । यो अवधारणाको लक्ष्य