म्याग्दीमा ‘रामायण पार्क’ निर्माण हुँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पार्क निर्माणको विषयमा शुक्रवार पछैमा स्थानीय र सरोकारवालाहरूबीच छलफल भएको छ । पौराणिक प्रमाणलाई यथावत् राखेर पार्क बनाइने भएको छ । पहिलो चरणमा रामायणसम्बन्धिको मूर्ति, बगैंचा, विश्रामस्थल, धर्मशाला लगायत पूर्वाधार बनाइने भएको छ । बजेटको उपलब्धता र आवश्यकताको आधारमा पूर्वाधार निर्माणलाई क्रमागत रूपमा निरन्तरता दिइने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले मन्त्रालय र नगरपलिकाबीच समन्वय नहुँदा ढिलाइ भएको जानकारी दिए । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताए । डिपिआरमा उल्लेख भए अनुसार हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको मानिने ठाउँ लगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाइने भएको छ । २३ करोड रुपैयाँ लागत अनुदान गरिएको पार्कका लागि चालू आर्थिक वर्षमा पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाको १ करोड १४ लाख विनियोजन गरेका छन् । धेरै प्राविधिक काम भएको कारण ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । उनका अनुसार योजना २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । २०६६ सालमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले म्याग्दी भित्रने पर्यटकको बसाइ लम्ब्याउन र मुक्तिनाथ आवतजावत गर्ने धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गरेका थिए । २०७४ देखि नै बजेट विनियोजन गरिए पनि ठाउँ छनोट हुन नसकेको र स्रोत अभावमा रोकिएको रामायण पार्कको योजनालाई नगरपालिकाको गौरवको आयोजनाको रूपमा कार्यान्वयनमा लैजान लागिएको नगर कार्यपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णकुमार विश्वकर्माले बताए । निवर्तमान संघीय सांसद भूपेन्द्रबहादुर थापाले रामायण पार्क म्याग्दीको गौरवको योजना मात्र नभएर पौराणिक महत्वको उजागर र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने बताए । उनले निर्माण हुने पार्कको भौतिक संरचनालाई दिगो बनाउन स्थानीयको भूमिका महत्वपूर्ण भएको बताए । स्तरोन्नतिको क्रममा रहेको अर्थुङे–पुलाचौर र पुलाचौर–पूर्णगाउँ सडक आयोजनालाई प्रभावकारी बनाउन सकेमा रामायण पार्क आवतजावत गर्ने पर्यटकलाई सुविधा पुग्ने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

बेलौरीमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

कञ्चनपुर, २९ फागुन । बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोडको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो । बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताए । “ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल […]

कञ्चनपुरको सोनापुरमा नमुना बस्ती निर्माण हुँदै

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ सोनापुरमा नमुना बस्ती निर्माण भइरहेको छ् । वडाध्यक्ष रामचन्द्र बोहराको विशेष पहलमा विगत चार दशकदेखि खर र भुसका झुपडीमा बस्दै आएका १८ घर परिवारका कच्ची घर विस्थापित गरी नगरकै नमुना बस्ती निर्माण भइरहेको छ । विगत चार दशकदेखि १८ घर परिवार रहेका सोनापुर बस्तीका कच्ची घरहरूलाई विस्थापित गरी वडाध्यक्ष बोहराको पहलमा […]

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

काठमाडौँ,१२ माघ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय प्रवद्र्धनका लागि औद्योगिकग्राम निर्माण सुरु गरिएको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ देखि […]

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

काठमाडौँ,५ पुष । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो । भवनको शिलान्यास केही समय अगाडि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले गर्नुभएको थियो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ढकालटारमा बालसुधारगृह भवन […]

सूर्यविनायकमा द्वारकाधाम निर्माण हुँदै

भक्तपुर : हिन्दुहरूले मान्दै आएको चारधाममध्येको एक धाम हो द्वारका धाम। नेपालहरू द्वारका धामको दर्शन गर्नु परे भारतमा रहेको द्वारका धाम जाने गर्छन्।यसर्थ नेपालमा पनि द्वारका धामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारका धाम निर्माण हुँदै छ।यहीँ साउन २५ गते दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरि नेपालमै पहिलो द्वारका धाम निर्माण शुरु गरिने मन्दिर निर्माणको मुख्य अगुवाई तथा गुण्डुस्थित पाथिभरा मन्दिरका मूल

पुल निर्माण हुँदै गरेकाे खाडलमा जमेकाे पानीमा डुबेर चार वर्षीया बालिकाकाे मृत्यु

दाङ- दाङमा पुल निर्माणकाे लागि खनिएको गाडलमा परेर एक जनाकाे मृत्यु भएको छ। शुक्रबार दिउँसो साढे १२ बजे गढवा गाउँपालिका-१ रङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेकाे पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । लमही नगरपालिका ८ बस्ने रिना रावतकी ४ वर्षीया छोरी रेश्मा […]

टनकपुर नहर निर्माण हुँदै

कञ्चनपुर । भारतले टनकपुरदेखि नेपालसँगको सीमासम्म नहर निर्माण गरी पानी छोड्ने तयारी गरेको छ । नेपालतर्फबाट भने नहर निर्माण नहुँदा नेपाललाई पानीको व्यवस्थापन गर्न समस्या पर्ने भएको छ । एकीकृत महाकाली सन्धिमा टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि १ हजार क्युसेक पानी पाउने छ  । सम्झौता अनुसार महाकाली सिँचाई आयोजनाको तेस्रो चरणको निर्माण थालिए पनि नेपालतर्फ […]

क्षतिग्रस्त पुल निर्माण हुँदै

मेलम्ची– १२ बाहुनेपाटीको बाढीले क्षतिग्रस्त पुल निर्माण हुँदै । केही दिनमा पुल सञ्चालनमा आउने र इन्द्रावती करिडोर सफा गरिने भएको छ  । यसबाट पाँचपोखरी, इन्द्रावती र मेलम्चीका स्थानीयलाई यातायात सहज हुनेछ । तस्वीर : देवराज सुवेदी,रासस

जनकपुरधाममा ५ करोडको लगानीमा मिथिला आर्ट ग्यालरी निर्माण हुँदै

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाममा मैथिली भाषा साहित्य, कला, संस्कृति र गीतको प्रबर्द्धनका लागि निर्माण हुने मिथिला आर्ट ग्यालरीको आज शिलान्यास गरिएको छ।जनकपुरधाम उपमहानगरपालिकाको कनकपटी गाउँमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मिथिला आर्टको प्रबर्द्धन र प्रोत्साहनका लागि मिथिला आर्ट संग्रहालयको निर्माण हुँदै छ।मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले ५ करोडको लगानीमा निर्माण हुने आर्ट ग्यालरीको निर्माण अगामी १५ महिनामा सकिने जानकारी दिए।झाले आर्ट ग्या

४२ करोडको लागतमा पाँच पुल निर्माण हुँदै

वीरगञ्ज, ९ बैशाख । प्रदेश नं २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान गरी ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको कार्यालयका सूचना अधिकारी दीपक मिश्रले बताए । निर्माण हुने ती पाँचवटै पुलको प्राविधिक मूल्याङ्कन सकेर […]