जनसङ्ख्याको विविधतायुक्त वनाबट नै बहुसाँस्कृतिक, बहुधार्मिक, बहुजातीय समाजको उपज हो । बहुसाँस्कृतिक विविधतायुक्त समाज अस्तित्व रक्षाका लागि संसारभर सङ्घर्ष हुँदै आएको छ । शीतयुद्धकालीन समयमा सबल पक्षले दुर्बल पक्षमाथि गरिएको अन्यायपूर्ण व्यवहार, जातीयताका सम्बन्धमा बढ्दो सचेतना र भूमण्डलीकरणविरुद्ध व्यक्त गरिने प्रतिक्रिया नै यसका कारण बन्दै आएको देखिन्छ । विश्वको विभिन्न स्थानको इतिहास हेर्दा अनौठो र अमानवीय व्यवहार राज्य र समाजले गर्दै आएको पाइन्छ र यसप्रकार कमजोर जातजाति र वर्ग सबै ठाउँमा पीडा र हीनताबोधमा बाँचिराखेको यथेष्ट आधार उपलब्ध छन् । अफ्रिकी मुलुक, मध्यपूर्व, युरोपको विशेष गरी पूर्वी क्षेत्र र दक्षिण पूर्वी एसियामा जातजाति, रङ्ग, धर्म र संस्कृतिका आधारमा विभेदजन्य अमानवीय व्यवहार भएका थुप्रै उदाहरण भेट्न सकिन्छ र यो प्रवृत्तिले अभैm यी क्षेत्रमा निरन्तरता पाइराखेको अवस्था छ । यस्ता गलत व्यवहारको प्रभाव विशेषगरी गरिबी र अशिक्षाबाट ग्रसित बोसनिया, हर्ज