राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्छन्- गण्डकीमा परिणाम भोलि देखिन्छ

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा भोलि परिणाम देखिने बताएका छन्। देखापढीसँग कुरा गर्दै अध्यक्ष केसी भन्छन- पार्टीले सांसद बनाउने तर पार्टीको निर्देशन नमान्ने गलत प्रवितिको विकास भएको छ। "प्रदेश प्रतिगमनलाई विस्थापित गर्ने प्रयास जारी छ। परिणाम के हुन्छ भोलि देखिन्छ," उनले भने।

सम्बन्धित सामग्री

मुलुक रित्तिन लाग्यो : अध्यक्ष केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवालाई विदेश पलायन गराएर सुनियोजित किसिमले मुलुक रित्याउन लागिएको बताएका छन्।बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरू विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन्।उनले नेपालमा रोजगारी दिन नसके युवाहरू विदेशिए भनेर गोहीको आँसु चुहाउनुको अर्थ पनि नभएको बताए। उनले युवाहरू विदेशिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसद्‌मा छलफल गर्नुपर्ने बताए। यसरी युवा पुस्ता विदेशिए आगामी २० वर्षम

संसद् होइन, सांसदकै क्षमता कमजोर छ : अध्यक्ष केसी

काठमाडौं, असोज ९। नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्छन्, “जनतासमक्ष के भन्ने र कसरी मुख देखाउन जाने, एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै […]

एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परीणाम हो : अध्यक्ष केसी

काठमाडौं, १६ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परीणाम भएको बताएका छन्। शनिबार जनमोर्चाका अध्यक्ष केसीले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परीणाम भएको बताएका हुन्। अध्यक्ष केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ। त्यसले […]

जनमाेर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्छ : अध्यक्ष केसी

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको हो ।  मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा रहने बताउनुभयो । उहाँले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताउनुभयो । ...

देश झनै संकटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको हो । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा रहने बताउनुभयो । […]

दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताउनुभयो । शुक्रबार मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा […]

बागलुङ १ बाट जनमोर्चाका अध्यक्ष केसी निर्वाचित

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अन्तिम मतपरिणाममा बागलुङ १ बाट केसी २१ हजार ४५१ मत सहित निर्वाचित भएका हुन् । उनले एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराएका हुन् । २०७४ सालको चुनावमा निर्वाचित पाठकले यसपालि भने १८ हजार ८ सय २५ […] The post बागलुङ १ बाट जनमोर्चाका अध्यक्ष केसी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उमेरले राजनीतिको फैसला गर्दैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए ।“विचार हो बुढो र तन्नेरी हुने, उमेरले राजनीतिमा फरक पार्दैन”, उनले भने । नेपाली कांग्रेसका दिवङ्गत नेता गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायतको दृष्टान्त सुनाउँदै उनले आवश्यकताले आफू पाको उमेरमा पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गरे ।बागलुङ&ndas

प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : अध्यक्ष केसी

केरसिंह अदै, कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनलाई रोक्न संयुक्त आन्दोलनको आवश्यकतामा जोड दिनुभएको छ । शनिबार राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा बढ्दै गएको भन्दै त्यसलाई रोक्न लोकतन्त्रका पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो । आफ्नै पार्टीको झगडा मिलाउन नसकेका केपी ओलीले संसद्मा अविश्वासको प्रस्तावबाट आफू हट्ने देखेर संसद विघटन गरेको बताउँदै अध्यक्ष केसीले यो कदमले असंवैधानिक र प्रजातन्त्र नै धरापमा पर्ने खतरा भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना नै तत्कालिन राजनैतिक निकास भएको बताउनुभयो । अर्का नेता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले वर्तमान राजनैतिक निकास प्रतिनिधि सभा पुनर्स्थापना भएपनि यो व्यवस्थाबाट नेपाली जनताको गास, वास, स्वास्थ, रोजगारीको समस्या समाधान नहुने बताउँदै, नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले संघीयताले गर्दा आम्दानी भन्दा खर्च बढी भएकोले देश विदेशीको ऋणको चपेटामा पर्दै गएको बताउनुभयो । संघीयता लागू गर्ने दलहरुलाई अहिले संघीयता निल्नु न उकेल्नु भएको उहाँको भनाई थियो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर विक, अखिल नेपाल महिला संघकी सल्लाहकार चन्द्र बदन श्रेष्ठ, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर घर्ति मगर, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला संयोजक शशी सापकोटा, प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष माधव भाट क्षेत्री, अखिल (छैठौं) का जिल्ला अध्यक्ष रेसव आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रम सुरु हुनुअघि गोरुसिंगे पेट्रोलपम्पदेखि गगनभेदी नाराजुलुस सहित थारु कल्याणकारी सभाहलको प्रांगणमा पुगेर सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ऋषिराम शर्मा र स्वागत मुक्तिराम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।