देश झनै संकटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको हो । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय जनमोर्चा एक्लै भएपनि प्रतिपक्षमा रहने बताउनुभयो । […]

सम्बन्धित सामग्री

देश झनै संकटमा जानसक्ने स्थिति देखियोः अध्यक्ष केसी

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका छन्   । उनले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका हुन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उन...

देश झनै संकटमा जानसक्ने स्थिति देखियोः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गरेका छन्।...

वैशाखमा चुनाव हुँदै हुँदैन, सत्र साल दोहोरिन सक्छ : अध्यक्ष केसी (फोटो/भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले संसद विघटन र प्रतिगामी खतराबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७७ माघ १९ गते बागबजारस्थित हार्दिक होटलमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रारम्भमा नै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित अवधारणा पत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि केसीले अहिलेको राजनीतिक सङ्कटको निकास प्रतिनिधि सभा पुनःस्थापना नै भएको बताउनुभयो । ‘हामीलाई थाहा छ, प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि जनताका आधारभूत समस्या समाधान हुने छैनन्” उहाँले अगाडि भन्नुभयो– ‘गतकालका जहाँनिया शासनको तुलनामा अहिलेको गणतन्त्र प्रगतिशील व्यवस्था हो ।’ सम्बोधनको क्रममा उहाँले अहिले देशमा २०१७ सालको जस्तो स्थिति दोहोरिन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो । ‘तपाईंहरूलाई लाग्छ, केपी ओलीले साँच्चै मध्यावधि निर्वाचनका लागि प्रतिनिधि सभा विघटन गरेका हुन् ?’ अध्यक्ष केसीले निर्वाचन आयोगले सर्वोच्च अदालतको मुख ताकेको र कोरोना महामारीका कारण देशमा चुनाव गराउने स्थिति नभएकाले तोकिएको मितिमा चुनाव हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘समयमै चुनाव गराउन नसकेपछि उहाँले सङ्कटकाल लगाउने नियत पनि राखेकोजस्तो देखिन्छ ।’ देशमा विदेशी चलखेलको सन्दर्भमा उहाँले कमजोरी यहीँका राजनीतिक दलहरूमा रहेको बताउनुभयो । ‘घाउ भएको ठाउँमा माखा भन्किन्छ नि’ उहाँले भन्नुभयो– ‘यहाँका राजनीतिक पार्टीहरू देश र जनताप्रति समर्पित भएर लागेको भए विदेशी शक्तिहरूले खेल्ने मौका पाउँदैनथे ।’ मन्तव्यको क्रममा उहाँले जनतालाई सचेत भएर जनान्दोलनमा लाग्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो– ‘मुख्य फैसला नेपाली जनताको शक्तिले गर्ने भएकाले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि पनि जनता नै एकजुट हुनुपर्दछ ।’ कार्यक्रमा मन्तव्य राख्दै वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीले देशको सार्वभौमिकताको उपभोग प्रतिनिधि सभाले गर्ने बताउँदै त्यसलाई विघटन गरेर प्रधानमन्त्री ओलीले सार्वभौमसत्ताकै विरोधमा काम गरेको बताउनुभयो । प्रतिनिधि सभा विघटनलाई संविधानको मृत्युसँग तुलना गर्दै उहाँले त्यसका साथै सार्वभौमसत्ता पनि स्वाहा भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनःस्थापना गर्दै सार्वभौमसत्तालाई जीवित गर्न सङ्घर्ष गर्न सबैलाई आग्रह गर्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले २०७२ सालको संविधान पोलेको स्मरण गर्नुभयो । ‘यस्तो विडम्बना छ’ उहाँले भन्नुभयो– ...