मन्त्रिपरिषद्को बैठकले पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।
इसाई धर्मावलम्बीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गर्छन् । यस वर्ष क्रिसमस पुस १० गते अर्थात शनिवार परेको छ ।
इसाई धर्मावलम्बीहरूले क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।
यस वर्ष शनिवार क्रिसमस डे परेको भए पनि मन्त्रिपरिषद्को बैठकले क्रिसमसमा सार्वजनिक ...