इलाम–२ बाट एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् ।पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।  यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार चारपटक निर्वाचन जितेका थिए । यो उनको पाँचौ जित हो ।शनिबार दिउँसो सो क्षेत्रमा मतपत्रका विषयमा विवाद भएर मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट फेरि मतगणना सु

सम्बन्धित सामग्री

जो चारपटक सर्वसम्मत सभामुख बने

‘संविधान र प्रणालीका लागि सबैलाई मिलाउने, सबैको बीचमा समन्वय गर्ने खुबी उहाँमा थियो । बरु, समय लागे लागोस् भनेर उहाँले सर्वस्वीकार्य गराउन लागिरहनु हुन्थ्यो,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखक भन्छन् ।

नेकपा एसको कार्यालयमै पुगेर नेपालसँग भोट मागे नेम्वाङले

राष्ट्रपतिमा उम्मेदवार रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ नेकपा एसको कार्यालय पुगेका छन्। दलका अन्य नेताहरुसहित पार्टी कार्यालय पुगेका नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन एसका अध्यक्ष माधव कुमार नेपालसँग आग्रह गरेको बुझिएको छ।

राष्ट्रपति बन्न माधव नेपालको ‘उमेर’ पुगेको हो ?

इलाम : राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुन दुई महनामात्रै बाँकी रहँदा तेश्रो राष्ट्रपति को बन्ने भन्ने बारेमा अहिले बहस भइरहेको छ। मधेशी समुदायबाट रामवरण यादव राष्ट्रपति भएका छन् महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकी छिन्।जनजाति समुदायबाट राष्ट्रपति नभएको अवस्थामा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको लागि बलिया उम्मेदवार हुन्। बागमती प्रदेशको पूर्व मुख्यमन्त्री एवम एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम समेत चर्चा छ।२०७४ साल देखि नै पूर्व प्रधानमन्त्री झलनाथ

इलाम २ मा सुवास नेम्वाङ विजयी, कांग्रेसका खड्का झिनो मतान्तरले पराजित

इलाम । चर्को प्रतिस्पर्धाका बिच इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई झिनो मतान्तरले पराजित गरेका हुन् । मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरे भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।

झन्डै साढे ६ सय मत गन्न बाँकी हुँदा इलाम २ मा मतगणना राेकियाे

काठमाण्डाै – इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा मतगणना राेकिएकाे छ । इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  झन्डै साढे ६ सय मतमात्रै गन्न बाँकी हुँदा कांग्रेसका प्रतिनिधि मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएको भन्दै गणना स्थल छाडेर बाहिर निस्केपछि मतगणना राेकिएकाे हो । कांग्रेसका कार्यकर्ताले गणना स्थल परिसरमा नाराबाजी गरेपछि केहीबेर तनाव बढेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने हस्ताक्षरविनाका मतपत्र नभेटिएको बताए...

सुवास नेम्वाङ फेरि पछि परे, खड्का १६ मतले अगाडि

इलाम – प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्। इलाम नगरपालिका–३ को अन्तिम मतगणना सार्वजनिक भएसँगै नेम्वाङ १६ मतले पछि परेका हुन् । नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् । अब इलाम […]

प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ। निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थित छन्।

प्रधानमन्त्री देउवासहित नेताहरू निर्वाचन आयोगमा

काठमाण्डाै – प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तरक्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ ।   निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक स...

ताप्लेजुङमा रोचक भिडन्त :  योगेश भट्टराईलाई एमालेकै तिलकुमारको टक्कर

सुदूरपूर्वको जिल्ला ताप्लेजुङमा नेकपा एमालेले चुनावी तयारीलाई तीव्र पारेको छ । एमाले केन्द्रीय सचिवसमेत रहेका पूर्वमन्त्री योगेश भट्टराईको चुनाव क्षेत्र रहेको ताप्लेजुङमा आगामी निर्वाचनको सम्भावित परिणामलाई लिएर अनेक अड्कलबाजी भइरहेको छ ।एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र पार्टी सचिव भट्टराईले संयुक्त रुपमा बुधबार जिल्लास्तरीय प्रशिक्षण आयोजना गरे । आउँदो भदौ १५ सम्ममा पार्टीका आन्तरिक गतिविधि सँगसँगै चुनावी तयारी तीव्र पारिएको सचिव भट्टराईले बताए ।एक्लाएक्लै लड्दा आफूले सहज तरिकाले चुनाव जित्नेम