अहिलेको कोभिड भ्याक्सिनले काम नगर्न सक्छः डा. पौडेल

काठमाडौं, १३ मंसिर । वरिष्ठ नाक, कान र घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेल अफ्रिकी मुलुकमा देखिएको कोरोनाभाइरसको नयाँ परिवर्तित रुप बी११५२९ (ओमिक्रन) संक्रामक र आक्रामक दुवै भएकाले कोभिड भ्याक्सिनले काम नगर्न सक्ने आशंका भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ विशेषज्ञ डा. […]

सम्बन्धित सामग्री

अर्थतन्त्रको उपचार तत्काल नगरे भोलि औषधिले नै काम नगर्न सक्छ

२५ असोज, काठमाडौं । विगत दुई वर्षदेखि अर्थतन्त्रमा मन्दी चलिरहेको छ । ठूला चाडपर्वको मुखमा पनि बजारमा उपभोक्ताको माग बढ्न सकेको छैन । अर्कातिर राजस्वमा पनि गहिरो खाडल परेको छ, सरकारले नियमित भुक्तानी पनि गर्न सकिरहेको छैन । संकटमा रहेको अर्थतन्त्रलाई उकास्ने किसिमको नीति ल्याउन निजी क्षेत्रले सरकारसँग निरन्तर आग्रह गरिरहेको छ । खासगरी कोभिड–१९ […]

क्यानडाको अदालतद्वारा प्रदर्शनकारीलाई हर्न नबजाउन आदेश

मोन्ट्रियल । क्यानडाको राजधानी ओटावामा प्रदर्शनरत ट्रक व्यवसायीहरूलाई हर्न बजाउनुका कारण त्यहाँ हो–हल्ला बढेको भन्दै त्यस्तो काम नगर्न आदेश दिइएको छ । तिनीहरूले क्यानडाली सरकारको सबैले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाउनुपर्ने नियमको विरोध गर्दै आएका छन् । धेरै दिनदेखि तिनीहरूले सडक अवरुद्ध गर्दै आ–आफ्ना ट्रक तेर्साएर, निरन्तर हर्न बजाउँदै...

कर बुझाउन नसक्नेलाई जरिवाना नलगाउन व्यवसायीहरुको माग

निषेधाज्ञाको अवधीमा कर तथा राजस्व असुलीलाई जबरजस्ती नगर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । बुधबार तीन वटै निजी व्यवसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । व्यवसायीहरूद्वारा जारी विज्ञप्तिमा निषेधाज्ञाको अवधिभर कर तथा राजस्व तिर्न सक्ने व्यवसायीहरु लिन र नसक्ने व्यवसायीहरूसँग  जबरजस्ती माग्ने र जरिवाना लगाउने काम नगर्न सरकारसँग आग्रह गरिएको छ ।गत वर्षदेखि जारी कोभिड–१९

निषेधाज्ञा जारी गर्न अब चार ओटा जिल्ला मात्र बाँकी

वैशाख ३०, काठमाडौं । मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ संक्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ ।  हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी संक्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ ।  यद्यपि संक्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महीनाको अवधिमा करीब करीब मुलुक नै ठप्प हुन पुगेको छ ।  स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी संक्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर संक्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन् । विवरणानुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि संक्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा बुधवारको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ ।  मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ । खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ ।  रुकुम(पूर्व)ले पनि बुधवार रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम संक्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना जारी गरेको छैन । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् ।  मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक संक्रमित फेला पर्दै आएका छन् तथा मृतक  तीन अंक देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिण्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु हुन थालेको छ ।  नेपालमा पछिले साताको विष्लेषण गर्दा संक्रमितको संख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जानकारी दिइएको छ । भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिए ।  नेपालमा प्रति १० लाख ३०४ र  भारतमा  २४० मात्रै संक्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३ दशमलव ३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २ दशमव ५ जनाको मृत्यु भएको तथ्यांक छ । पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर छ । प्राप्त विवरणानुसार भारतमा २२ दशमलव ६ प्रतिशत पोजिटिभिटी दर रहेकोमा नेपालमा ४५ दशमलव १ प्रतिशत छ । नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघिसकेको छ । रासस