कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी÷एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पत