काठमाडौं प्रशासनमा आलोपालो व्यवस्था हट्यो

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा प्रवाहमा लागू गरेको आलोपालो व्यवस्था हटाएको छ । कार्यालयका प्रशासकीय अधिकृत रमा घिमिरेले एक सूचना जारी गर्दै पुस २६ गतेदेखि आलोपालो व्यवस्था हटाइएको जानकारी दिएकी छन् । ‘आलोपालो व्यवस्थालाई हटाई नियमित रूपमा सेवा प्रवाह गर्ने व्यवस्था शुरू गरिने व्यहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

सम्बन्धित सामग्री

प्रदेश ६ मा एमाले पछि हट्यो, मुख्यमन्त्रीमा महेन्द्रलार्इ समर्थन

३ माघ, काठमाडौं । प्रदेश ६ मा आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेको एमाले पछि हटेको छ । नेकपा एमाले प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेलले मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राखेपछि सरकार गठन हुन सकेको थिएन । एमाले पछि हटेपछि आजै माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीका लागि एमालेको समर्थनमा …