योगेश रानाको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले योगेश रानाको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएको छ । आइतबार शोक विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले योगेश राना एक इमान्दार र नैतिक आचरणयुक्त नेता भएको बताउनुभएको छ । उहाँ लामो समयदेखि नेकपा (मसाल) मा आवद्ध रहेको र हाल प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ३ पार्टी समितिको सेक्रेटरी रहेको महामन्त्री सिंहले जानकारी दिनुभएको छ । यस्तो छ शोक वक्तव्य योगेश राना (का. विक्रान्त गुप्ता) को २०७७ चैत्र ०६ गते ह्रदयघातका कारणले मृत्यु भएको छ । उहाँको मृत्युबाट हाम्रो पार्टी तथा प्यूठानको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ । उहाँको मृत्युबाट मर्माहत प्यूठान जिल्लाका सम्पूर्ण कामरेडहरू र सन्तप्त परिवारजनप्रति हार्दिक सहानुभुति तथा समवेदना प्रकट गर्दछौँ । का. योगेश राना लामो समयदेखि हाम्रो पार्टीमा आवद्ध पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका विभिन्न तहमा रहेर जिम्मेवारी बहन गनुभएको थियो । अहिले उहाँ नेपाल कम्युनिस्ट पार्टी(मसाल) स्वर्गद्वारी नगरपालिका वडा नं ३ पार्टी समितिको सेक्रेटरी हुनुहुन्थ्यो । पार्टीमा प्रतिवद्ध भई का. रानाले अनुशासन, पद्धति र उच्च नैतिक आचरणका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ इमान्दार, दृढ, जुझारू र आफ्नो जिम्मेवारीप्रति उत्तरदायी रहने हाम्रो पार्टीको असल र क्रान्तिकारी योद्धा र कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति भएको छ । अन्तमा का. योगेश रानाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ । यो पनि :  रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना योगेश रानाको दाहसंस्कार गरियो सम्झनाको तरेलीमा योगेश राना योगेश रानाप्रति ट्रेड युनियनद्वारा श्रद्धाञ्जली  

सम्बन्धित सामग्री

रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का प्युठानका जिल्ला उपाध्यक्ष योगेश राना अब हामीमाझ रहनुभएन । हिजो साँझ २०७७ चैत्र ६ गते उहाँको हृदयाघात (हर्टअट्याक) का कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । साँझ घरमा सहजै अवस्थामा अवस्थामा रहेका बेला अचानक हृदयाघातको लक्षण देखा परेपछि उहाँलाई एम्बुलेन्समा राखेर नजिकै रहेको भिङ्ग्रीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । तर तबसम्म उहाँको निधन भइसकेको थियो । २०३८ कार्तिक १४ गते जन्मनुभएका राना अन्टुकको लुम्बिनी प्रदेश समितिको सचिवसमेत हुनुहुन्थ्यो । यसैबिच, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले चैत ७ गते शोकवक्तव्य जारी गर्दै रानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदन प्रकट गरेको छ । यस्तो छ, शोक वक्तव्य “नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का पार्टी सेक्रेटरी कामरेड योगेश राना (का. विक्रान्त गुप्ता) को यही २०७७ चैत ६ गते आकस्मिक मृत्यु भयको जानकारी प्राप्त भएको छ । उहाँ अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) लुम्बिनी प्रदेशको सचिव, अखिल नेपाल उद्योग व्यापार सङ्घ प्युठान जिल्ला समितिको निवर्तमान उपाध्यक्षसमेत रहनु भएको थियो । उहाँ लामो समयदेखि पार्टी गतिविधिका साथै, न्यायपूर्ण आन्दोलन र सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहनुभएको थियो । कामरेड योगेश रानाको प्युठानको भिङ्ग्रीमा भयको हृदयघातको कारण असामयिक मृत्यु भएको खबरले हामीलाई अत्यन्त दुःख लागेको छ । कामरेड योगेश रानाको मृत्युले पार्टी र समाज परिवर्तनको आन्दोलनमा गम्भीर क्षति हुन पुगेको छ । उहाँप्रति नेकपा (मसाल) जिल्ला समिति प्युठान हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । यसका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँको जन्म २०३८ कार्तिकमा भएको थियो भने उहाँको परिवारमा दाजु मीनराज राना स्वर्गद्वारी नगरपालिका वडा नं. २ को निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । यसका साथै श्रीमती मोती राना र एक छोरीसमेत रहनुभएको छ । स्मरण रहोस्, उहाँका भाइ अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य भीम रानाको गत २०७४ सालमा अल्पायुमै मृत्यु भएको थियो ।”

दुखि साहको निधनप्रति नेकपा (मसाल) को श्रद्धाञ्जली

काठमाडौँ । नेकपा (मसाल) ले पर्सा वीरगञ्ज महानगरपालिका–१३ निवासी दुखि साहको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ फागुन २२ गते जारी शोकवक्तव्यमा श्रद्धाञ्जली व्यक्त गरिएको हो । वक्तव्यमा भनिएको छ– “पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१३ निवासी दुखि साह (कामरेड रघुबर) को कलेजोको क्यान्सर रोगबाट २०७७ फागुन १६ गते भएको मृत्युप्रति हाम्रो पार्टीले गहिरो दुःख व्यक्त गर्दछ । का. दुखि साह २०४८ सालदेखि मृत्युपर्यन्त हाम्रो पार्टीको कर्तव्यनिष्ठ र अनुशासित सदस्य रहँदै आउनुभएको थियो । उहाँको मृत्युले २ नं. प्रदेशको हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति पुग्न गएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।”

नेता गोपाल गिरीको देवघाटमा सम्मानका साथ अन्त्येष्टि

सुमन आचार्य, चितवन । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य गोपाल गिरीको आज चितवनको देवघाटस्थित नारायणी नदी किनारमा अन्त्येष्टि गरिएको छ । आइतबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको गिरीको शव राजधानीबाट ल्याइएसँगै अन्त्येष्टि गरिएको हो । त्यस क्रममा नेता गिरीको पार्थिव शरीरमा नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । नेकपा (मसाल) का केन्द्रीय संगठनकर्ता रहनुभएका गिरी पार्टीको भरतपुर नगर समितिका सदस्यसमेत हुनुहुन्थयो । सोमबार काठमाडौंबाट उहाँको शव पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित उहाँको निवासमा लगिएको थियो । त्यसपछि अन्त्येष्टिका लागि देवघाटमा लगिएको थियो । नेता गिरीको आइतबार साँझ ह्याम्स अस्पतालमा निधन भएको हो । केही समय अघि मुटुको एन्जिओग्रापी गरिएका उहाँ निमोनिया र दमबाट पीडित हुनुहुन्थ्यो । सोही अवस्थामा कोरोना संक्रमण पनि भएको थियो । नेता गिरीलाई अघिल्लो मंगलबार भरतपुरबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । चार दिनसम्म सीएमसी अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि हेलिकप्टर मार्फत राजधानी लगेर ह्याम्स अस्पतालमा उपचार गरिएपनि उहाँको ज्यान बच्न सकेन । उहाँले कोरोना संक्रमणलाई परास्त गरेपनि अन्य रोगले भने उहाँलाई नै परास्त गर्यो । नेकपा (मसाल) का इमान्दार र निष्ठावान नेता गोपाल गिरी (का. हरियाली)को निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको मसालले जनाएको छ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, अखिल नेपाल बुद्धिजीवी संघलगायतका संगठनहरुले वक्तव्य प्रकाशित गरी गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मसाल महामन्त्री मोहनविक्रम सिंहले आजै ह्याम्स अस्पतालमा पुगि उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । यो पनि :  महामन्त्री सिंहद्वारा नेता गिरीप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली बुद्धिजीवी संघद्वारा नेता गिरीप्रति श्रद्धाञ्जली गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन बुद्धिजीवी नेता गोपाल गिरीको ह्याम्स अस्पतालमा उपचार हुँदै

बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधन भएको छ । राजधानीको ह्याम्स अस्पतालमा उपचाररत गिरीको आइतबार निधन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उहाँ निमोनिया र दमबाट पीडित हुनाका साथै कोरोना संक्रमित हुनुभएको थियो । उहाँको केही समय अघि मुटुको अप्रेसनसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी(मसाल) का केन्द्रीय संगठनकर्तासमेत रहनुभएका गिरीको निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शोक वक्तव्य प्रकाशित गरी नेता गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका केन्द्रीय संगठनकर्ता कामरेड गोपाल गिरी(का.हरियाली)को ६३ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख प्रकट गर्दै हामीले सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. गोपाल गिरी केही दिनदेखि काठमाडौस्थित हेम्स अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ निमोनिया रोगबाट ग्रस्त हुनुभएको थियो । उहाँलाई भेट्न ने.क.पा.(मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह आजै हेम्स अस्पतालमा पुग्नुभएको थियो । का. गिरी बेहोस अवस्थामा रहेकाले उहाँका परिवारका सदस्यहरुसित उहाँको स्वास्थ्य स्थितिबारे का. महामन्त्रीले जानकारी लिनुभएको थियो । का. गोपाल गिरी हाम्रो पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको थियो । उहाँले पार्टीका बिभिन्न तहमा रहेर जिम्मेवारी बहन गर्नुका साथै हाम्रो पार्टीका नजिकका बिभिन्न जनवर्गीय मोर्चाका बिभिन्न जिम्मेवारीमा समेत रहेर भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ ने.क.पा.(मसाल)को केन्द्रीय संगठनकर्ता हुनुहुन्थ्यो । का. गिरी हाम्रो पार्टीको निडर, जुझारु र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँ पार्टीप्रति वफादार रहेर सबै प्रकारका गलत प्रवृत्तिका विरुद्ध सम्झौताहीन संघर्ष गरेर कार्यरत रहने हाम्रो पार्टीको जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले का. गोपाल गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

मसाल नेता पोख्रेलप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली

प्युठान । मंगलबार निधन भएका नेपाल कम्युनिस्ट पार्टी (मसाल) झिमरुक गाउँपालिकाका सल्लाहकार कृष्णप्रसाद पोख्रेल (प्रदिप) प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । आज बिहान झिमरुक नदी किनारमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ सम्मान प्रकट गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेतृ पौडेलले कृष्णप्रसाद पोख्रेलको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो । उहाँले पोख्रेलले आफ्नो सम्पूर्ण जीवन समाजको लागि अर्पित गरेको बताउनुभयो । अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जि.सि.ले उहाँले समाजको लागि लामो र निरन्तर सेवा गर्दै जीवनको अन्तिम समयसम्म पनि समाज र जनताको पक्षमा संघर्ष गरेको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँको जीवनलाई प्रेरणा स्रोतको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सांसद तारा जि.सि., राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण खड्का, झिमरुक गाँउपालिका अध्यक्ष तिलक जि.सि. अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव विरबहादुर जि.सी., नेकपा (मसाल) रुपन्देही प्रवक्ता नारायण जि.सि., अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष वरुणध्वज मल्ल, झिमरुक गापा वडा न. ५ का अध्यक्ष टीका जि.सि., ३ न. वडा अध्यक्ष मीनबहादुर केसी, ४ नम्बर वडा अध्यक्ष सिताराम पोख्रेल, शिक्षक महासंघका झिमरुक अध्यक्ष कर्ण जि.सि., अनेसिसंघका जिल्ला सदस्य शंकर बस्नेत, जातीय समता समाजका जिल्ला सहसचिव विनोद विक, राजमो झिमरुकका अध्यक्ष सिद्दिमान जि.सि., युवक संघ झिमरुकका अध्यक्ष भरत ढकाल लगाएतका नेता कार्यकर्ता तथा स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो । विक्रम संम्वत २०१० जेठ २ गते जन्मनु भएका पोख्रेल अखिल नेपाल किसान महासंघ झिमरुकको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०५४ सालको निर्वाचनमा साविक वाँदिकोट गाविसको वडा न.१ वाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँ राजमो प्युठानको पूर्व जिल्ला सदस्य तथा प्रभात मावि आहालखोलाको पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँले ओखरकोट र बाँदिकोटको विकास निर्माणमा लामो र अविस्मरणीय योगदान दिनुभएको छ । उहाँ लामो समयदेखि दमको रोगवाट पीडित हुनुहुन्थ्यो । हिजो साँझ (पौष २२ गते) राति ९ बजे उहाँको आफ्नै निवास झिमरुक–३ बाँदिकोटमा निधन भएको हो । उहाँको ...