रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना

काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का प्युठानका जिल्ला उपाध्यक्ष योगेश राना अब हामीमाझ रहनुभएन । हिजो साँझ २०७७ चैत्र ६ गते उहाँको हृदयाघात (हर्टअट्याक) का कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । साँझ घरमा सहजै अवस्थामा अवस्थामा रहेका बेला अचानक हृदयाघातको लक्षण देखा परेपछि उहाँलाई एम्बुलेन्समा राखेर नजिकै रहेको भिङ्ग्रीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । तर तबसम्म उहाँको निधन भइसकेको थियो । २०३८ कार्तिक १४ गते जन्मनुभएका राना अन्टुकको लुम्बिनी प्रदेश समितिको सचिवसमेत हुनुहुन्थ्यो । यसैबिच, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले चैत ७ गते शोकवक्तव्य जारी गर्दै रानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदन प्रकट गरेको छ । यस्तो छ, शोक वक्तव्य “नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का पार्टी सेक्रेटरी कामरेड योगेश राना (का. विक्रान्त गुप्ता) को यही २०७७ चैत ६ गते आकस्मिक मृत्यु भयको जानकारी प्राप्त भएको छ । उहाँ अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) लुम्बिनी प्रदेशको सचिव, अखिल नेपाल उद्योग व्यापार सङ्घ प्युठान जिल्ला समितिको निवर्तमान उपाध्यक्षसमेत रहनु भएको थियो । उहाँ लामो समयदेखि पार्टी गतिविधिका साथै, न्यायपूर्ण आन्दोलन र सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहनुभएको थियो । कामरेड योगेश रानाको प्युठानको भिङ्ग्रीमा भयको हृदयघातको कारण असामयिक मृत्यु भएको खबरले हामीलाई अत्यन्त दुःख लागेको छ । कामरेड योगेश रानाको मृत्युले पार्टी र समाज परिवर्तनको आन्दोलनमा गम्भीर क्षति हुन पुगेको छ । उहाँप्रति नेकपा (मसाल) जिल्ला समिति प्युठान हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । यसका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँको जन्म २०३८ कार्तिकमा भएको थियो भने उहाँको परिवारमा दाजु मीनराज राना स्वर्गद्वारी नगरपालिका वडा नं. २ को निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । यसका साथै श्रीमती मोती राना र एक छोरीसमेत रहनुभएको छ । स्मरण रहोस्, उहाँका भाइ अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य भीम रानाको गत २०७४ सालमा अल्पायुमै मृत्यु भएको थियो ।”

सम्बन्धित सामग्री

योगेश रानाको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले योगेश रानाको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएको छ । आइतबार शोक विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले योगेश राना एक इमान्दार र नैतिक आचरणयुक्त नेता भएको बताउनुभएको छ । उहाँ लामो समयदेखि नेकपा (मसाल) मा आवद्ध रहेको र हाल प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ३ पार्टी समितिको सेक्रेटरी रहेको महामन्त्री सिंहले जानकारी दिनुभएको छ । यस्तो छ शोक वक्तव्य योगेश राना (का. विक्रान्त गुप्ता) को २०७७ चैत्र ०६ गते ह्रदयघातका कारणले मृत्यु भएको छ । उहाँको मृत्युबाट हाम्रो पार्टी तथा प्यूठानको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ । उहाँको मृत्युबाट मर्माहत प्यूठान जिल्लाका सम्पूर्ण कामरेडहरू र सन्तप्त परिवारजनप्रति हार्दिक सहानुभुति तथा समवेदना प्रकट गर्दछौँ । का. योगेश राना लामो समयदेखि हाम्रो पार्टीमा आवद्ध पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका विभिन्न तहमा रहेर जिम्मेवारी बहन गनुभएको थियो । अहिले उहाँ नेपाल कम्युनिस्ट पार्टी(मसाल) स्वर्गद्वारी नगरपालिका वडा नं ३ पार्टी समितिको सेक्रेटरी हुनुहुन्थ्यो । पार्टीमा प्रतिवद्ध भई का. रानाले अनुशासन, पद्धति र उच्च नैतिक आचरणका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ इमान्दार, दृढ, जुझारू र आफ्नो जिम्मेवारीप्रति उत्तरदायी रहने हाम्रो पार्टीको असल र क्रान्तिकारी योद्धा र कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति भएको छ । अन्तमा का. योगेश रानाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ । यो पनि :  रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना योगेश रानाको दाहसंस्कार गरियो सम्झनाको तरेलीमा योगेश राना योगेश रानाप्रति ट्रेड युनियनद्वारा श्रद्धाञ्जली

योगेश रानाको दाहसंस्कार गरियो

खलङ्गा । हिजो साँझ हृदयाघातबाट निधन भएका योगेश रानाको आज २०७७ चैत ७ गते प्युठान, स्वर्गद्वारी नगरपालिका वडा नं. २ धनबाङ खोलाको दोभानमा अन्तिम दाहसंस्कार गरिएको छ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले शोध मन्तव्यका साथै योगेश रानाको दाहसंस्कार गरिएको थियो । दाहसंकार नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले रानाको शवमाथि पार्टीको झण्डा ओढाउनुभएको थियो । राजमो प्युठानका जिल्ला उपाध्यक्ष इमानसिंह खड्काले उदघोष गर्नुभएको शोकसभामा रानाको सम्झनामा एक मिनेट मौनधारण गरेपछि प्युठान जिल्ला समन्वय समितिका अध्यक्ष केसवराज आचार्यले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । शोकसभामा स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाय, राजमोका जिल्ला सचिव लालबहादुर राउत, जिल्ला सदस्य गिरबहादुर गुरुङ, इन्द्रबहादुर खड़का, थम्मन बुढामगरले पनि रानालाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । दाहसंस्कार स्थलमा वडाध्यक्षहरूका साथै एमाले, नेका, माओवादी–केन्द्रका प्रतिनिधि र आम जनसमुदायको उपस्थिति रहेको शिव पन्थीले जानकारी गराउनुभएको छ । यो पनि : रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना