काठमाण्डाै – प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुग्नु भएको छ । उहाँलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिँदै सिंहदरबारभित्र पुर्याएका छन् ।
जबरामाथि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक हलमा सोधपुछ गर्ने तयारी भएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । जबरामाथि महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा सोधपुछ गर्ने समितिको तयारी छ । ती प्रमाणलाई एकत्रित गर...