एकै सिजन च्याम्पियन्स लिग र युरो कप २०२० जित्ने जर्जिन्हो ११ औं खेलाडी हुन्। ब्राजिलको समुद्री किरानाबाट फुटबल यात्रा सुरुआत गरेका जर्जिन्होले वेम्बलीमा पाएको जितले उनको चर्चालाई थप उचाइमा पुर्याएको छ। गत साता उनले आफ्नो उपाधिसंख्या थप गरेका छन्। चेल्सीले गत साता भिल्लारियाललाई हराउँदै सुपर कपको उपाधि जितेको थियो।