पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदै, भोलि राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं : पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलन यही मंसिर २३ गतेसम्म हायत होटलमा हुदै छ।प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेले भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उदेश्यले यो सम्मेलनको आयोजना सुरु गरेको बताए।उनका अनुसार सम्मेलन आजबाट सुरु भएपनि यसको औपचारिक उद्घाटन बुधबार(भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। सम्मेलनका लाग

सम्बन्धित सामग्री

अनुभव र सिकाइ अनुकरणीयः राष्ट्रपति भण्डारी

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा नेपालले प्राप्त गरेका अनुभव तथा सिकाइहरु अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।२०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को बुधबार उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले […]

पुनर्निर्माणको सिकाई महत्वपूर्ण: राष्ट्रपति

काठमाडौं भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदान प्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । उद्घाटन मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायले खुला ह्दयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भएको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता […]

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्टिय सम्मेलनको उद्घाटन

२०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी छन् । उद्घाटन सत्रमा आफ्नो विशेष मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भएको उल्लेख गरिन् । उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता गरेअनुसारको अधिकांश सहयोग प्राप्त भैरहेकोमा हर्...

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु

काठमाण्डाै – नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । वि.स. २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाइ बाँड्न सम्मेलन आयोजना गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले सफलता हासिल गरेको र यो अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न सम्मे...