माेरङमा खाल्डाेमा गाडिएकाे अवस्थामा दुई जनाकाे शव भेटियाे

माेरङ – मोरङको धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएकाे छ । २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसकाे हो भन्नेबारे भने खुलेको छैन ।  अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले बताएको छ । 

सम्बन्धित सामग्री

सप्तरीमा बेपत्ता भएका राउतको घाँटी रेटिएकाे अवस्थामा शव भेटियाे

उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो ।

खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव भेटियाे

दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । […] The post खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङको घोराहीमा बेवारिसे अवस्थामा पुरुषको शव भेटियाे

दाङ - दाङको घोराहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएकाे छ ।  घोराही उपमहानगरपालिका-१५ मा आज बिहान अन्दाजी ५०/५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक पुरुषको नाम र ठेगाना खुलेको छैन । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

डोटीको सेती नदीमा बेवारिसे अवस्थामा शव भेटियाे

डोटी - डोटीको शिखर नगरपालिका–११ तल्लिसातमा रहेकाे सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ । हिजाे बेलुका स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न गाह्राे भएको छ । नदीले शवलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मच्छेगाउँमा घाइते अवस्थामा युवकको शव भेटियाे

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् । मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो […] The post मच्छेगाउँमा घाइते अवस्थामा युवकको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे

काठमाडौं । सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । शनिबार भोजमा गएर फर्केकी हजुरआमा घरमा आउँदा नातिनी नदेखेपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा […] The post सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

घरबाट हराएकी महिलाकाे खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे

इलाम । इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता […] The post घरबाट हराएकी महिलाकाे खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव भेटियाे

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ । नामथर वतन नखुलेकी अन्दाजी ३५-४० वर्ष उमेरीकी महिलाको लास परालले छोपेको अवस्थामा फेला परेको हो । जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमान्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई […] The post परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुपन्देहीमा दुई जनाकाे शव भेटियाे

रुपन्देही – रुपन्देहीमा आज मङ्गलवार दुई जनाकाे शव भेटिएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका ९ घोडाहाको जङ्गलमा एक महिला र एक बालिकाकाे शव भेटिएको हो ।  ती दुई शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठकबहादुर केसीले जानकारी दिनुभयो । भेटिएकाे शवकाे सनाखत भइसकेकाे छैन ।   आज बिहान ११ बजेतिर स्थानीयवासीले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना शङ्कास्पद देखिएकाले अनुसन्धान थालिएको प्रहरीले बताए...