काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ ।