नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं :  टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन्। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ। त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।टी–२० श्रृखलामा नेदरल्यान्ड्स र नामिबिया पहिलो खेल खेल्न लागेका हुन्। यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन्। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो। 

सम्बन्धित सामग्री

नेदरल्याण्ड्स नकआउट चरणमा

नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।गएराति सम्पन्न खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बनेको हो।नेदरल्याण्ड्सको जितका लागिकोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे।जितसँगै नेदरल्याण्ड्सले तीन खेलमा ७ अंक जोडेको छ। ऊ समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो।तीन खेलमा अंकविहीन रहँदै कतार प्रतियोगिताबाट बाहिरिएको छ।

श्रीलंका र नेदरल्याण्ड्स टी–२० विश्वकपको सुपर १२ मा

३ कात्तिक, काठमाडौं । श्रीलंका र नेदरल्याण्ड्स आइसीसी टी–२० विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएको दोस्रो खेलमा नामिबिया युएईसँग ७ रनले पराजित भएसँगै नेदरल्याण्ड्स सुपर १२ मा पुगेको हो । यसअघिको पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएर श्रीलंका सुपर १२ पुगेको थियो । अंक तालिकाका आधारमा एक एक खेल मात्र जितेका नामिबिया र […]

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा

लन्डन । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […] The post नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे । यहि समूहको अर्को खेलमा पोर्चुगललाई ५–० ले पाखा लगाउँदै स्वीडेन पनि क्वाटरफाइनलमा उक्लिएकाे छ । समूहका तीन खेलबाट दुवै […]

नेदरल्याण्ड्स र स्वीडेन विजयी

लन्डन । महिला युरोपियन च्याम्पियनसिप फुटबलमा नेदरल्याण्ड्स र स्वीडेन विजयी भएका छन् । समूह सी मा साविक विजेता नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । खेलको सातौ मिनेटमै डामारिस इक्वेरोलाको गोलसँगै नेदरल्याण्ड्सले अग्रता लिएको थियो । लगत्तै १६औं मिनेटमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले अग्रता दोब्बर पारिन् । त्यसपछि पोर्चुगलले लगातार दुई गोल […] The post नेदरल्याण्ड्स र स्वीडेन विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेदरल्याण्ड्स विश्वकप फुटबलमा छनौट

एजेन्सी । नर्वेलाई हराउँदै नेदरल्याण्ड्स अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलको लागि छनौट भएको छ । युरोपेली समूह जीको खेलमा गएराति नेदरल्याण्ड्सले नर्वेलाई २–० ले हरायो । डच टोलीका लागि स्टेभेन बर्गविन र मेम्फीस डिपेले एक एक गोल गरे । जितसँगे नेदल्याण्ड्सले विश्वकप फुटबलमा स्थान पक्का गर्दा नर्वेको प्ले अफ् खेल्ने संभावना पनि सकिएको छ […]

नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेपछि नेपाल फाइनलमा

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न नेदरल्याण्ड्स र मलेसियाको म्याच 'टाइ' भएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रतिकुल मौसमका कारण ढिला गरि सुरु गरिएको खेलमा नेदरल्याण्ड्सले निर्धारित १३ ओभरमा बेन कुपरको अर्धशतकको सहायतामा १०७ रन बनाएको थियो। जवाफी ब्याटिङमा…

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्स र मलेसिया खेल्दै

५ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । आज नेदरल्याण्ड्स र मलेसिया सुदख सुरुआत गर्ने लक्ष्यमा छन् । नेदरल्याण्ड्स र […]