नेदरल्याण्ड्स नकआउट चरणमा

नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।गएराति सम्पन्न खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बनेको हो।नेदरल्याण्ड्सको जितका लागिकोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे।जितसँगै नेदरल्याण्ड्सले तीन खेलमा ७ अंक जोडेको छ। ऊ समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो।तीन खेलमा अंकविहीन रहँदै कतार प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह