स्थानीय तह जानै मान्दैनन् प्रमुख प्रशासकीय अधिकृत, १८१ स्थानीय तह रिक्त

सुविधा मोहले धेरैजसो प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जानै मान्दैनन् । यस्तो अवस्था कायम रहँदा सेवा प्रवाहमा असर परेको त छ नै बजेट ल्याउने कामसमेत प्रभावित हुने आशंका छ ।

सम्बन्धित सामग्री

निमित्तका भरमा मधेश र दुर्गमका स्थानीय तह

स्थानीय तहका प्रमुखले रोजी–रोजी प्रमुख प्रशासकीय अधिकृत लैजाने र अनुकूलका व्यक्ति नपाए कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिलाउने क्रम बढेको छ । संघीय सरकारले कर्मचारी खटाउने विषयलाई प्राथमिकतामा नराख्दा  मधेश र दुर्गमका स्थानीय तह समस्याग्रस्त छन् ।

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा, दुर्गममा जानै मान्दैनन् कर्मचारी

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छवटा गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन् ।

निमित्त प्रशासकको भरमा २०० स्थानीय तह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ मध्ये करिब २०० स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतले चलाइरहेका छन् । मधेश प्रदेशमा यस्तो समस्या धेरै जटिल छ ।

सर्लाहीका विभिन्न पालिकामा प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित

सर्लाही : जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज प्रभावित भएको छ। २० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन्।हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका कार्यालय छाडेर गएको एक महिना भइसक्दासमेत मन्त्रालयले नयाँ प्रशासकीय अधिकृत पठाएको छैन।प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको क

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह निमित्तको भरमा

ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह प्रशासकीय प्रमुखविहीन बनेका छन्। फुङलिङ नगरपालिका सहित ३ स्थानीय तहमा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्।...

निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह

डोटी । जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सात वटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक ढाँचा तथा दरबन्दीअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) १०औँ तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको भए पनि ती […]

फाकफोकथुममा टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही प्रमुख प्रशासकीय अधिकृतले २...

भ्रष्टाचारले थलिँदै स्थानीय तह

काठमाडौं, साउन ३२ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीस्थित कच्ची सडकको हिलाम्मे माटोमा रड ओछ्याएर ढलान भयो। सो ढलान बदर गर्नुको साटो पालिकाका इन्जिनियर राधेश्याम यादवले सदर गरिदिए। प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो र लेखापाल रामप्रसाद यादवले ठेकेदारलाई सम्झौताअनुसारकै रकम भुक्तानीको चेक हस्तान्तरण गरिदिए। सडकमा पक्की ढलानका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ […]

गुल्मीमा एक महिना पनि टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

गुल्मी : देश संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरू गठन भए।जसअनुसार कर्मचारी व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्चालनका लागि कार्यकारी अधिकारसहित एक जना प्रमुख प्रशासकीय अधिकृत प्रत्येक स्थानीय तहमा खटिएका छन्। गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन्। यहाँ खटेका प्रमुख प्रशासकीय अधिकृत एक महिनासम्म पनि स्थानीय तहमा टिक्न सकेका छैनन्। इश्मा गाउँपालिकामा प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि &nb

कर्मचारी जान नमान्दा निमित्तको भरमा स्थानीय तह

अहिले २०३ वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय प्रमुख र अन्य कर्मचारी नपठाउँदा स्थानीय तह सञ्चालनमा अप्ठेरो पर्ने गरेको छ । रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमध्ये १२० वटा नगरपालिकामा उपसचिव, ८० वटा गाउँपालिकामा शाखा अधिकृत र तीनवटा उपमहानगरपालिकामा सहसचिवको दरबन्दी रिक्त छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सहसचिव दरबन्दी रहेका तुलसीपुर, घोराही र कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको जनाएको छ । मन्त्राल...