भरतपुरकी मेयर रेणु दाहालद्वारा राजीनामा, उम्मेदवारी दिने तयारी

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिनका लागि नेतृ दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । स्थानीय तहको चुनावमा उम्मेदवारीअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान निर्वाचन आयोगले बनाएको छ । मेयर दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । बिहीबार सत्ता गठबन्धनले स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरपालिकामा ५६ जना मेयर र ३१ जना उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि ५६ जनाको र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।  ५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरुमध्ये ८ जना महिला छन्  । उपमेयर पदमा उम्मेदवारी दिने ३१ जनामध्ये १२ जनाले दलका तर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । उपमेयरका उम्मेदवारमध्ये १२ जना महिला छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ को दोस्रो दिनसम्ममा दलका प

मेयर नपाए हेटौंडामा कांग्रेसले एकल उम्मेदवारी दिने

काठमाडौं : स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिने भएको छ। गठबन्धन आवद्ध दलहरुबीच भागवण्डा हुँदा हेटौंडा उपमहानगरको नेतृत्व कांग्रेसले नपाएको भन्दै एकल उम्मेदवारी दिने घोषणा गरेको हो। कांग्रेस नगर सभापति उत्सव इटेनीले विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रले आम कायकर्ता तथा शुभेच्छुकको मनोभावनामा ठेस पुग्ने गरी तालमेल गरेको उल्लेख गरेका छन्।केन्द्रीय स्तरबाट भएको भागबण्डाले गठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने गरी भएको यस निर्णयलाई

नागार्जुनको मेयरमा कोइरालाको स्वतन्त्र उम्मेदवारी

काठमाडौं : नागार्जुन नगरपालिकाको मेयर पदका लागि राजन कोइरालाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।आज पत्रकार सम्मेलन गर्दै कोइरालाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कसैको निन्दा वा विरोध गर्नुभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियामा हेरफेर गरेर धेरै परिवर्तन सम्भव हुने बताए।उनले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्धेश्यका साथ काम गरेर देखाउन सक्ने क्षमता आफूमा भएकाेले उम्मेदवारी दिन लागेको स्पष्ट पारे।‘विश्वक

कांग्रेसबाट काठमाडौंको मेयरमा सुरेन्द्र मिश्रले उम्मेदवारी दिने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा सुरेन्द्र्र्रप्रसाद मिश्र उम्मेदवारी दिने भएका छन् ।कांग्रेस काठमाडौं महानगरपालिका समितिका पूर्व सभापति समेत रहेका मिश्र कांग्रेसका पुराना नेता मध्येका एक हुन् । काठमाडौं महानगर समितिको लगातार तीन कार्यकाल पार्टी सभापति भएका मिश्रले मेयर पदमा सहयोग गर्न सार्वजनिक अपिल समेत गरेका छन् । आफू काठमाडौं महानगरपालिकाको मेयरमा बिजयी […] The post कांग्रेसबाट काठमाडौंको मेयरमा सुरेन्द्र मिश्रले उम्मेदवारी दिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

र्‍यापर बालेन शाहले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने

चर्चित र्‍यापर बालेन शाहले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनकी म्यानेजर सबिना काफ्लेले शाहले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने तयारी गरिरहेको जानकारी दिएकी हुन्। शाह इन्जिनियर पनि हुन्। ‘उहाँले निश्चित रुपमा उम्मेदवारी दिनु हुनेछ । त्यही अनुरुप हाम्रो तयारी भइरहेको छ । हामी अभियानै सञ्चालन […]

विराटनगरका मेयर र उपमेयर कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगर महानगरपालिकाका मेयर र उपमेयर केन्द्रीय सदस्यमा उम्मेदवार हुने भएका छन् । मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मेयर पराजुलीले संस्थापन पक्षबाट उम्मेदवारी दिने बताएका छन् भने उपमेयर कार्कीले संस्थापनइतर समूहबाट उम्मेदवारी दिने भएकी छन् । मेयर पराजुली केही दिनअघि मात्रै संस्थापन पक्षमा गएका थिए । मोरङ जिल्ला अधिवेशनदेखि उनी संस्थापन समूहमा लागेका हुन् । खसआर्य कोटाबाट उम्मेदवारी दिने उपमेयर कार्कीले बताएकी छन् । मेयर र उप...

धनगढीका मेयर वडद्वारा कांग्रस केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मेयर वडले कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन्। नगर प्रमुख वड नेपाली कांग्रेस नगर समितिका सभापतिसमेत भइसकेका छन्। मेयर वड देशभरका उप–महानगरपालिकामा दलित समुदायबाट स्थानीय तहको नेतृत्व गर्ने एक मात्र प्रतिनिधि हुन्। केही दिनअघि […]

कमल थापालाई चुनौति, राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै अशोक लिङ्देन

काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनले अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । लिङ्देन शक्तिशाली नेता धवलशमशेर राणासँग गठबन्धन गरेर उम्मेदवारी दिने भएका हुुन् । आजैमात्र होटल एल्लो प्यागोडामा लिङ्देन–राणाको प्यानल घोषणा गरिदै छ । नेपालगञ्जका उपमहानगरपालिकाका मेयर समेत रहेका राणाले महासचिवमा उम्मेदवारी दिने भएका छन् […]

सरिता गिरी मेयर पदका लागि चुनाव लड्ने

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने सामाजिक सञ्जाल फेशबुक मार्फत बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु […]