काठमाण्डाै – शेयर बजार आज बुधवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयरबजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २२ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेको दिन आज विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।
आज दुई सय २३ वटा कम्पनीकाे ३६ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको ६ करोड ७८ लाख र शिवम् सिमेन्टको ६...