काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग जवाफ मागेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै जबरालाई नियन्त्रणमा लिने क्रममा सरकारी अधिकारीहरूबाटै फरक–फरक धारणा सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका छन्। कांग्रेसले घटनाको कानुनी आधार र औचित्य सरकारले सार्वजनिक गर्नुपर्ने माग गरेको छ। कांग्रेसले कुनै विशेष सुरक्षा चुनौती, […]
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ स्थित सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन्। दुर्घटनामा घाइते चालकलाई सशस्त्र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। दुर्घटनामा दाङको राप्ती गाउँपालिका–१, पुलचोक निवासी ३२ वर्षीय उज्वल शाक्य घाइते भएका हुन्। असोज १० गते राति करिब सवा ९ बजे कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको ००१ लु.प्र. ०२–००१ […]
RajdhaniDaily.com | काठमाडौं । लगातारको वर्षासँगै मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ । जालशयमा पानीको लेभल खतरा तहमा पुगेपछि -
चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् । सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजेको समयमा सडक सञ्चालनमा आएको हो […]