चौथो सिजनलाई नयाँ निर्णायक खोज्दै नेपाल आइडल

काठमाडौं। फ्रेन्चाईज रियालिटी शो ‘नेपाल आइडल’ले चौथो सिजनमा नयाँ निर्णायक ल्याउने भएको छ। नेपाल आइडलका निर्देशक सुरेश पौडेलले चौथो सिजनमा नयाँ निर्णायक खोजिरहेको जानकारी दिए। उनले गत सिजनका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीसँगको सम्झौता सकिएकाले नयाँ निर्णायक खोज्नुपर्ने भएको बताएका छन्। निर्देशक पौडेलले निर्णायकहरू फाइनल भएपछि नयाँ शो सुरु गर्ने बताए।

सम्बन्धित सामग्री

कविताले जितिन् मिसेस् नेपाल आइडल

मिसेस् नेपाल आइडलको २०२२ को उपाधि कविता राईले जितेकी छन् । हिमालयन मुभिजद्धारा आयोजित र राजधानीमा सम्पन्न प्रतियोगितामा करुणा शाह फस्ट रनरअप र साया राई सेकेन्ड रनरअप घोषित भए ।विवाहित महिलाको क्षमता र प्रतिभा निखार्ने उदेश्यले आयोजित अभिनेत्री सञ्चिता लुइटेल, अभिनेता यसराज गराच, मोडल तेजुला खतिवडा, फेसन डिजाइनर सुनिता चौलागाई र भिष्मा नेम्वाङ निर्णायक रहेको प्रतियोगितामा आधा दर्जनबढी सवटाइटल समेत बाँडिएको थियो ।हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिता अभिनेता तथा मोडल दिक्पाल कार्कीले संचा

सुबानीको स्वरसँगै अभिनयमा ‘समय’

१२ माघ, काठमाडौं । गायिका सुबानी मोक्तानले नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘नेपाल आइडल सिजन ४’को निर्णायक समेत रहेकी सुबानीले बुधबार ‘समय’ बोलको गीत सार्वजनिक गरेकी हुन् । सुबानीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा […]

‘नेपाल आइडल’का तीनै निर्णायक परिवर्तन

ढिलै भए पनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरूले बताएका छन् । नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् ।

‘नेपाल आइडल’ का निर्णायक परिवर्तन

चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो।

नेपाल आइडलमा को हुनेछन् निर्णायक ?

काठमाडौं । नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएपछि आयोजकले नयाँ जज खोजिरहेको छ । यसअघिका निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भएपछि नेपाल आइडल सिजन–४ मा नयाँ निर्णायक भित्रिन लागेका हुन् । नयाँ निर्णायक हालसम्म निश्चित भइनसकेको तर केही...

नेपाल आइडलको चौथो सिजनलाई मिल्यो 'ग्रिन सिग्नल', निर्णायक भने फेरिने

काठमाडौं : गायन रियालिटी शो 'नेपाल आइडल' को नयाँ सिजन सुरु हुने भएको छ। नेपाल आइडलको चौथो सिजन चाँडै सुरु गरिने 'नेपाल आइडल' का निर्देशक सुरेश पौडेलले जानकारी दिए। 'फेन्चाइजबाट चौथो सिजनका लागि हामीले अनुमति पाइसकेका छौँ। छिट्टै शो को सुटिङ सुरु गर्नेछौँ। सन् २०२१ भित्र नै शो सुरु हुनेछ'…

नेपाल आइडल सिजन–४ सुरु हुँदै, यसअघिका तीनजना निर्णायक नै नरहने

काठमाडौं । नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएका छन् । केही महिना पछि सुरु हुने आइडको सिजन–४ मा पुराना निर्णायकहरुले निरन्तरता नपाउने भएका हुन् ।  यसअघिका निर्णायकहरु अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भइसकेकाले उनीहरुलाई निरन्तरता दिन नसकिने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए । “उहाँहरु अरु...