सावित्रा भण्डारी बनिन् 'दशककै महिला खेलाडी'

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी 'पल्सर स्पाेर्ट्स अवार्ड' मा दशकका महिला खेलाडी (प्लेयर अफ द डिकेड फिमेल) घाेषित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार भण्डारी याे पुरस्कारबाट सम्मानित भएकी हुन् । सन् २०१४ मा राष्ट्रिय टाेलीमा डेब्यु गरेकी सावित्रा भण्डारी नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गरेकी छन् । सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताए...

सम्बन्धित सामग्री

नेपालको प्रतिनिधित्व गर्नु गौरव हो : सावित्रा भण्डारी

१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले देशका लागि प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो गौरव भएको बताएकी छन् । बिहीबार हुने फाइनल खेलको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देशको लागि खेल्नु गर्वको विषयको भएको बताएकी छन् । ‘देशको लागि खेल्नु मेरो लागि आज पनि उत्तिकै […]

साम्बालाई मेयर बालेनको प्रशंसा

काठमाडौँ महानगपालिकाका मेयर बालेन शाहले सावित्रा भण्डारी (साम्बा) लाई बधाई दिएका छन्।

साम्बालाई मेयर बालेनको प्रशंसा

काठमाडौँ महानगपालिकाका मेयर बालेन शाहले सावित्रा भण्डारी (साम्बा) लाई बधाई दिएका छन्।

सावित्रा भण्डारी फ्रेन्च क्लबमा अनुबन्ध हुँदै

१७ माघ, पोखरा । नेपाली महिला फुटबलकी स्टार सावित्रा भण्डारी साम्बा अब फ्रेन्च क्लबबाट खेल्ने तयारीमा छिन् । उनलाई फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गर्न लागेको हो । सावित्रा मेडिकल परीक्षणका लागि सोमबार फ्रान्स प्रस्थान गरिसकेकी छन् । मेडिकल परीक्षण सफल भएपछि क्लबले आधिकारिक रुपमा उनलाई सार्वजनिक […]

फुटबलर सावित्रा भण्डारी सम्मानित

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित हुनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी ३१औँ त्रिवेणी कपको समापन कार्यक्रममा शनिबार भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद २० हजार, दौसल्ला ओढाएर साम्बालाई सम्मान गर्नुभयो । लमजुङ जिल्लामा जन्मेर जिल्ला र देशको नाम …

युराेपेली लिग खेल्न सावित्रा भण्डारी इजरायल प्रस्थान

काठमाण्डाै – फुटबलर सावित्रा भण्डारी व्यावसायिक खेलका लागि इजरायल प्रस्थान गरेकी छिन् । सावित्राले सामाजिक सञ्जालमा तस्बिर राखेर आफू इजरायल प्रस्थान गरेको जानकारी गराएकी छिन् । नेपालबाट युरोपेली क्लबमा गएर खेल्ने सावित्रा पहिलो खेलाडी हुन् । उनी इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा अनुबन्धित भएकी छिन् । युरोपमा खेल्नु पाउनु आफ्ना लागि महत्त्वपूर्ण अवसरसँगै कठिन परीक्षा भएको पनि सावित्राले बताउँदै आएकी छिन् । यसअघि सावित्राले भारतीय शीर्ष डिभिजन गोकुलम केरलाबाट खेल्दै सर्वाधिक गोलकर्ताका साथ टिमलाई ...

सावित्रा भण्डारी र मन्जली योन्जनलाई डेंगु संक्रमण

इलाम : नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र डिफेन्डर मन्जलीकुमारी योन्जनलाई डेंगु संक्रमण भएको छ।अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले सावित्रा र मन्जलीमा डेंगुको संक्रमण देखिएको पुष्टि गरे। २ खेलाडीसँगै गोलरक्षक प्रशिक्षक सुरजकुमार लामामा समेत संक्रमण पुष्टि भएको छ।संक्रमण देखिएसँगै दुवै खेलाडी आज श्रीलंकाविरुद्धको खेलमा नेपाली टोलीमा हुने छैनन्।उनलाई मेडिसिटी अस्पतालमा राखिएको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापाका अनुसार ख

सावित्रा भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक […]

कतारमा उपचार गराएर नेपाल फर्किइन फुटबलर सावित्रा भण्डारी

काठमाडौँः नेपाली महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी कतारमा उपचार गराएर मंगलबार नेपाल फर्किएकी छिन्। नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने सावित्रा गत वर्ष फागुनमा सम्पन्न महिला लिगमा नेपाल पुलिसविरुद्धको खेलमा लड्दा चोट ब्यहोरेकी थिइन्। घुँडामा लागेको चोटका कारण कतारस्थित एस्पेटार अस्पतालमा ६ महिना बिताएर उनी नेपाल फर्किएकी…

फुटबलर सावित्रा भण्डारी मनोनयनमा

नेपाली महिला फुटबल अबको केही वर्षले के कस्तो गन्तव्य छुने छ, त्यो धेरै अर्थमा एक खेलाडीमा निर्भर हुनेछ, तिनी हुन्, सावित्रा भण्डारी ।