८ चैत, काठमाडौं । राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक […]