५० वर्षदेखिका निरन्तर वडाध्यक्ष नरसिंह व्यञ्जनकार भन्छन्- जनतालाई चिया पिलाएरै चुनाव जित्छु (भिडिओ)

नरसिंहले ललितपुर महानगरपालिका- १० को अध्यक्षमा उम्मेदवारी दिएका छन् । यो उम्मेदवारी उनका लागि कुनै नौलो विषय होइन । ५० वर्षदेखि कुनै स्थानीय चुनाव लड्न छुटाएका छैनन् उनले । पहिलोपटक २०२९ सालमा अध्यक्ष जितेपछि व्यञ्जनकारको स्वतन्त्र राजनीतिक यात्रा अगाडि बढेको थियो । अहिले पनि चुनाव जित्नेमा निर्धक्क छन् उनी ।

सम्बन्धित सामग्री

२०२९ सालदेखि लगातार वडाध्यक्ष, फेरि चुनाव लड्ने तयारी

ललितपुर महानगरपालिका वार्ड नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकार ८१ वर्षका भए । आउँदो स्थानीय निर्वाचनमा उनी फेरि वडाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । ‘यो उमेरमा पनि फेरि चुनाव ?,’ रातोपाटीको प्रश्नमा व्यञ्जनकारले भने, ‘मैले शुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’‘आधा भन्दा धेरै काम सम्पन्न भैसकेका छन् । तर समय अभावका कारणले विकास निर्माणका सबै काम सम्पन्न गर्न सकिएन । मैले जनतालाई देखाएको सपना म आफैं पूरा गर्न चाहन्छु,’ उनल