कोपा अमेरिकामा कोलम्बिया तेस्रो

एजेन्सी। लुइस डियाजको दुई गोलप्रेरित कोलम्बियाले आज बिहान पेरूलाई ३–२ ले रहउँदै कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको छ। योशिमार युटनको गोलबाट पेरूले ४५औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। कोलम्बियाका जुवान कोर्डार्डोले ४९ तथा डियाजले ६६ र इन्जुरी समयमा गोल गरे। पेरूका जियानलुका लापाडुलाले ८२औं मिनेटमा गोल गरे। सेमिफाइनलमा कोलम्बिया अर्जेन्टिनासँग र पेरू ब्राजिलसँग हारेको थियो।

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

कोपा अमेरिका : पेरुलाई हराएर कोलम्बिया तेस्रो

लुइस डियाजले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेको निर्णायक गोलमा कोलम्बियाले कोपा अमेरिकामा पेरुलाई ३–२ ले हराएर तेस्रो स्थान हात पारेको छ ।

कोपा अमेरिका सेमिफाइनल: अर्जेन्टिनालाई कोलम्बियाको चुनौती

कोपा अमेरिकामा भोलि बिहान सेमिफाइनलको दोस्रो खेल हुँदैछ। स्टेडियो नासिओनल डे ब्रसिल्लामा फाइनल प्रवेशका लागि भोलि बिहान पौने सात बजे अर्जेन्टिना र कोलम्बिया आमनेसामने हुँदैछन्। समूह 'ए' को विजेता अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडमाथि ३-० को सानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो। अर्कोतर्फ समूह 'बी' को तेस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश…

कोपा अमेरिका सेमिफाइनल: ब्राजिललाई पेरुको चुनौती

कोपा अमेरिकामा क्वाटरफाइनलका खेल सकिएर सेमिफाइनको खेल सुरु हुन बाँकी छ। र, सेमिफाइनलमा पुगेका ब्राजिल, पेरु, अर्जेन्टिना र कोलम्बिया मध्येबाट फाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने छ। सेमिफाइनलको पहिलो खेलमा भोलि बिहान ब्राजिल र पेरु आमनेसामने हुँदैछन्। जारी प्रतियोगितामै यी टोली दोस्रो पटक आमनेसामने हुँदैछन्। खेल भोली बिहान पौने पाँच

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।

कोपा अमेरिकामा आज राती दुई खेलहरु हुँदै

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत समूह ‘बी’को समूह चरणको अन्तिम दुई खेलहरु हुँदैछन्। आज हुने खेलहरुमा ब्राजिल र इक्वेडर तथा पेरु र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राती२ः४५ बजेबाट सुरु हुनेछ। क्वार्टरफाइनलमा स्थान इक्वेडर आफ्नो खेलसँगै पेरु र भेनेजुयलाबीचको नतिजामा भर पर्नुपर्छ। समुह ‘बी’को शीर्ष स्थानमा ब्राजिल छ। भने दोस्रो स्थानमा कोलम्बिया,तेस्रोमा पेरु,चौथोमा इक्वेडर र पाँचौमा भेनेजुएला रहको छ।

कोपा अमेरिकामा पेरुद्वारा कोलम्बिया पराजित

काठमाडौं।ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलमा पेरु विजयी भएको छ। पेरुले कोलम्बियालाई २–१ ले हराएको हो। पेरुको जितमा सर्जियो पेनाले एक गोल गरे भने कोलम्बियाका यारी मिनाले आत्मघाती गाल गरेका थिए। कोलम्बियाका मिगुएल ब्रोजाले एक गोल गरे। योसँगै पहिलो जित हात पारेको पेरु ३ अंकसहित समूहको तेस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको कोलम्बियामा दोस्रो स्थानमा छ।

कोपा अमेरिकामा दुई खेल हुँदै

कोपा अमेरिका २०२१ मा सोमबार समूह 'बी' का दुई खेल हुँदैछन्। सोमबार विहान ५:४५ बजे कोलम्बिया र पेरुबीच प्रतिस्पर्धा हुँदैछ।

कोपा अमेरिकामा आज राती भेनेजुएला र इक्वेडर भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती भेनेजुएलाले इक्वेडरको सामना गर्दैछ। ब्राजिलको ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार राती२ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा सोमबार बिहान कोलम्बिया र पेरु भिड्दैछन्। स्टाडियो ओलम्पिको रंगशालामा हुने खेल बिहान५ः४५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको समूह‘ए’मा रहको कोलम्बिया अंक तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै भेनेजुएला तेस्रो, इक्वेडर चौथो र पेरु पाँचौ स्थानमा छन्।