काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आफ्नो पार्टी तत्काल गठबन्धन परिवर्तन गरेर अर्को बनाउने निष्कर्षमा नपुगेको बताएका छन् । ‘हामी निर्वाचन समीक्षा गर्ने प्रक्रियामा छौं । समीक्षा बैठक बल्ल आज सुरु हुँदै छ । कुनै निर्णयमा पुगेका छैनौं । पार्टी प्रवक्ता कृष्णबहादुर महराजीले पनि गठबन्धन यथावतै छ, कुराकानी सबैसँग हुन्छ, […]