माओवादी केन्द्रको संसदीय दलको नेतामा दाहाल, प्रमुख सचेतकमा देव गुरुङ

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन्। माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार आज बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ।...

सम्बन्धित सामग्री

एमाले परम्परागत संसदीय ‘ह्याङओभर’बाट मुक्त हुन सकेन : देव गुरुङ

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङ बजेट निर्माण प्रणालीकै त्रुटिका कारण हरेक वर्ष विवाद भइरहेको औंल्याएका छन् । ‘विभिन्न नाममा नीति-निर्मातालाई प्रभावित पारेर बिग हाउस, बहुराष्ट्रिय कम्पनी र विदेशी एकाधिकार दलाल पुँजीवादले कुनै न कुनै रुपमा चलखेल गर्ने खोजिरहेको हुन्छ । यो बजेट निर्माण प्रणालीकै त्रुटि हो । […]

एमाले दलविशेषको राष्ट्रपति बनाउन सकिँदैन– देव गुरुङ

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमालेविशेषको व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने बताएका छन् । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै महासचिव गुरुङले एमालेविशेषको राष्ट्रपति बनाउनुपर्छ भन्ने संविधानमा उल्लेख नभएको बताएका हुन् । ‘एमाले पार्टीविशेषको राष्ट्रपति भन्ने छ कतै ? संविधानको भावनामा त्यस्तो छ ?’, उनले प्रश्न […]

देव गुरुङ जंगिए– माओवादी प्रधानमन्त्री र राष्ट्रपति हुन किन नसक्ने ?

काठमाडौं, ७ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा आफ्नो पार्टीको दाबी भएको बताएका छन् । ‘राष्ट्रपतिले संविधानको ७६(२) अनुसार नयाँ सरकार बनाउन पुस १० सम्मको समयसीमा दिनुभएको छ । अब चार दिन बाँकी छ । यस विषयमा गठबन्धन दलहरुबीच छलफल होला । सरकारको नेतृत्व शक्ति सन्तुलनका हिसाबले […]

तत्काल अर्को गठबन्धन बनाउने निष्कर्षमा पुगिसकेका छैनौंः देव गुरुङ

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आफ्नो पार्टी तत्काल गठबन्धन परिवर्तन गरेर अर्को बनाउने निष्कर्षमा नपुगेको बताएका छन् । ‘हामी निर्वाचन समीक्षा गर्ने प्रक्रियामा छौं । समीक्षा बैठक बल्ल आज सुरु हुँदै छ । कुनै निर्णयमा पुगेका छैनौं । पार्टी प्रवक्ता कृष्णबहादुर महराजीले पनि गठबन्धन यथावतै छ, कुराकानी सबैसँग हुन्छ, […]

संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन : देव गुरुङ

काठमाडौँ,८ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताए । महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिए । अस्थिरता, अराजकता र […]

देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेको छ : देव गुरुङ

काठमाडौं, माघ ६ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसकाविरुद्ध सजग हुनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापिकरणका कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताउनुभयो । अन्तर्राष्ट्रिय रुपमा हाबि भइरहेका संस्कार, संस्कृति र चिन्तनहरुले नेपाली संस्कार र […]

प्रचण्डकोे विकल्पमा बहस जरुरी छैनः देव गुरुङ

काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीमा प्रचण्डको नेतृत्वको विकल्पमा बहस जरुरी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “अहिले माओवादी पार्टीको नेतृत्वमा कुनै संकट छैन । १० वर्षे जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्व प्रचण्डले गर्नुभएको हो […]

एमसीसीलाई कदापि स्वीकार्न सकिँदैनः देव गुरुङ

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पारित नहुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “एमसीसी आर्थिक सहायतासम्बन्धी सम्झौता हो भने संसद्मा प्रस्तुत गरेर पारित गर्ने […]

संसद्लाई पूर्ण अवधि चलाएर चुनावमा जानुपर्छः देव गुरुङ

काठमाडौं, कात्तिक ५ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले संसद्को पूरा कार्यकालमा असर पर्ने गरी चुनावमा जान नहुने बताएका छन् । सर्वोच्च अदालतले संविधान र संसद्को रक्षा र स्थायित्वका लागि दिएको फैसलामा दायाँबायाँ गर्दा अनावश्यक विवाद हुने पनि उनले औंल्याए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग […]