भेरोसेल खोपको अभाव : बुस्टर डोजका रुपमा कोभिशिल्ड वा एस्ट्राजेनेका दिने तयारी

काठमाण्डाै - देशभर भेरोसेल खोपको अभाव भएको छ । खोप अभाव भएपछि पहिला तालिका निकालेका केही पालिकाले खोप अभियान स्थगित गरेका छन् । केन्द्रबाट खोप नआएको भन्दै पालिकाले अभियान स्थगित गरेका हुन् । यस्तै दूध उत्पादन, सङ्कलन, प्रशोधन तथा बिक्रीवितरणमा खटिने झण्डै ३० हजार जनालाई बुस्टर डोज दिने व्यवस्था मिलाइदिन सरकारलाई आग्रह गरेको भए पनि खोप नहुँदा समस्या भएको छ । उनीहरुमध्ये धेरैले यसअघि भेरोसेल खोप लगाएका थिए । भेरोसेलको बुस्टर डोज लगाउन चौतर्फी माग भए पनि आपूर्ति नहुँदा समस्या भएको हो । स्वास्थ्य मन्त्रालय र ...

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा जेष्ठ नागरिकलाई बुस्टर डोज दिन सुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा आज कोरोना भाइरसविरुद्धको 'बुस्टर डोज' प्रदान गरिएको छ। आज र भोलि ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति र पहिलो चरणमा छुट भएका अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई 'बुस्टर डोज' दिइने महानगरले जनाएको छ। सरकारले यसअघि भेरोसेल खोप लगाएका सर्वसाधरणलाई अस्ट्राजेनेका र कोभिसिल्ड 'बुस्टर डोज'का रुपमा…

स्वास्थ्य मन्त्रायलको हेलचेक्र्याइँले बुस्टर डोजमा ढिलाइ

१४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय गरेको थियो । तर, शुक्रबार खोपकेन्द्रमा पुगेका जेष्ठ नागरिक तथा दीर्घरोगीले खोप लगाउन पाएनन् । स्वास्थ्य मन्त्रालयका मातहातका निकायबीच राम्रो समन्वय नहुँदा खोप लगाउन गएका सर्वसाधारणले सास्ती भोग्नु परिरहेको […]

बुस्टर डोजमा कमैले मात्र भेरोसेल खोप पाउने

काठमाडौं : यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका केहीले मात्र बुस्टर डोज पाउने भएका छन्।भेरोसेल खोपको मौज्दात कम रहेकाले पुगेसम्म मात्र भेरोसेल खोप दिइनेछ भने बाँकीलाई अर्को खेपमा सोही खोप दिइनेछ। हाल भेरोसेल खोप कम भएको हुँदा यसअघि भेरोसेल खोप लगाएकाहरूले शुक्रबारदेखि लगाइने बुस्टर डोजमा सोही खोप नपाउने भएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहालले बताए।'हाल देशभर जम्मा ६ लाख डोज भेरोसेल खोप छ, त्यसमाथि उपत्यकामा त जम्मा ५० हजार भेरोस

बुस्टर डोज खोप फरक फरक लगाइदिन खोप विज्ञहरुको सरकारलाई सुझाव

सरकारले फ्रन्टलाइनर, ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाविरुद्धको बुस्टर खोप दिने क्रम जारी छ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेका मध्य केहीले बुस्टर डोज लगाए । तर, काठमाडौं उपत्यकामा भेरोसेल खोप अभावमा बुस्टर जोडको प्राथमिकतामा परेको समूहका धेरैले अभियान सुरु गरेको दुई दिनपछि लगाउन पाएका छैनन् । यसअघि सरकारले बुस्टर डोज लगाउने लक्षित समूहलाई पहिला दुवै मात्रा जुन खोप लगाइएको हो त्यही लगाउन निर्देशन दिइएको थियो । बुस्टर डोज

५० हजारले लगाए बुस्टर डोज, काठमाडौंमा भेरोसेल खोप अभाव

नेपालमा ५० हजार २०७ जनाले कोरोनाविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका छन्।

काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए । काठमाडौं  जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् । करिब १३ लाखले जनाले ६ महिनाअघि नै खोप लगाएका थिए । जसमध्ये करिब  ४ लाख जनाले बुस्टर खोप दिइनुपर्ने प्रमुख काफ्लेले बताए । काठमाडौंमा करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको उनले बत

भेरोसेल खोपको ‘बुस्टर डोज’ कार्यक्रम स्थगित

काठमाडौँ, ७ माघ। काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयले जनाएको छ । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको कार्यलयले जनाएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने स्वास्थ्य कार्यलयले जनाएको […]

काठमाडौँमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौँ । काठमाडौँ जिल्लामा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिने कार्यक्रम रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन् । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ । ‘हामीसँग भेरोसेल खोपको मौज्दात नै कम थियो । सबै अस्पताल […]

लक्षित वर्गका लागि सुरु गरिएको बुस्टर डोज अभियान स्थगित

काठमाडौँ– सरकारले मंगलबार सुरु गरेको बुस्टर डोज खोप अभियान स्थगित गरिएको छ । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर डोज खोप अभियान सुरु गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी थप छलफल गरी फेरि अभियान सञ्चालन गरिने भन्दै हालका लागि अभियान स्थगित गरिएको बताएको छ। सरकारले भेरोसेल खोप लगाएका ६० […]

ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने तयारी, भेरोसेल खोप लगाएकालाई प्राथमिकता

प्रज्ञा तिमल्सीना काठमाडौं, मंसिर २८ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न धेरै देशले खोप लगाइसकेका व्यक्तिलाई थप बुस्टर डोज खोप दिन सुरु गरिरहेका छन् । भाइरसको जोखिम कायमै रहेको भन्दै ती देशले भाइरसविरुद्ध दुवै डोज खोप पूरा गरेकालाई थप खोप दिन आवश्यक ठानेका हुन् । वुस्टर डोज खोप दिन नेपालले समेत सक्रियता देखाएको छ । […]