तामाखानी उत्खनन गर्न माग

धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन् ।  उहाँका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । उहाँको घरमा उक्त मिति उल्लेख भएका छ माने, पाथी, गाग्रीलगायतका तामाका सामग्री सुरक्षित छन् । एक सय ७४ वर्ष अघि तामाबाट बनाइएका घरायसी सामानलाई छन्त्यालका परिवारले जोगाएर राख्नुभएको छ ।मल्कबाङ गाउँ आसपासमा मात्रै दर्जन बढी तामाका खानी छन् । डाँडा र पाखाभरि प्रशस्त तामाखानी छन् । खा

सम्बन्धित सामग्री

म्याग्दीको मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो ।    दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । ‘टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ,’ उनले भने, ‘थप अध्ययनका लागि उपकरणसहित टोली फेरि आउनेछ ।’ टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको छ ।      बन्द तामाखानी हाल अलपत्र अवस्थामा छन् । मल्कवाङ नजिकै तामा उत्खनन गर्न खनिएका दर्जनौं सुरुङ संरक्षणको अभावमा बाढीले पुरिँदै छन् । सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन् । स्थानीय लालबहादुर छन्त्याल आफ्नो समुदाय परम्परागत पेशामा पुनः फर्किने बताउँछन् । तामाखानी उत्खनन गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र शीप हस्तान्तरण हुने उनको विश्वास छ । विगतमा मल्कवाङको खानीबाट उत्खनन् भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बागलुङ, पर्वत, कास्कीलगायत ठाउँमा लगेर विक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । धातुका सिक्का बनाउनसमेत तामा प्रयोग हुने गर्दथ्यो । तामाखानीको सम्भाव्यता अध्ययनसँगै उत्खननको वातावरण बन्नेमा स्थानीय अमर छन्त्याल ढुक्क छन् । गुर्जा, मच्छिम, कुइँनेमंगले र ओखरबोटमा समेत तामाखानी छ । खानी उत्खनन र सुरुङ खन्नका लागि आधुनिक उपकरण तथा प्राविधिको विकास, विद्युत् र सडक पूर्वाधारको पहुँच विस्तार भएकाले सजिलो हुने अपेक्षा गरिएको छ । तामाखानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र जनप्रतिनिधिले पहल गरेका थिए । तामाखानी सञ्चालन गर्न सकेमा रोजगारी सृजना हुने वडाध्यक्ष छन्त्यालको भनाइ छ । रासस