विप्लव नेतृत्वको नेकपाले आन्दोलनलाई गोलचक्करमा फसायोः प्रचण्ड

काठमाडौँ – माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन्। बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा उनले आरोप लगाएका हुन्। नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताए। जनयुद्धको गौरव बोकेका सबै […]

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : कमजोर अवस्थामा विप्लव, चुनावी परीक्षामा प्रचण्ड

आज मिति २०२९ वैशाख महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।१. नेकपा विभाजितनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो ।चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक ने

तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ - प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुने बताउनु भएको छ ।बिहान ललितपुरको खुमलटारमा रहेको आफ्नै निवासमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले तत्कालीन कार्यनीति पछाडि दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताउनु भएको हो ।उहाँले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको पनि...

विप्लव समूहका जिल्ला इन्चार्जदेखि को-को प्रवेश गरे माओवादी केन्द्रमा ?

विप्लव नेतृत्वको नेकपा जुम्ला इन्चार्जसहितको टोली माओवादी केन्द्रमा समाहित भएको छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा रवीकिरणसहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायतका ३१ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।  सो क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोचाँडो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए ।  हेर्नुहोस् सूची

विप्लव नेतृत्वको नेकपा जुम्ला जिल्ला कमिटी माओवादीमा

स्थानीय तह निर्वाचनको मिति सार्वजनिक भएको भोलिपल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीको जुम्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको छ । जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’ नेतृत्वको पार्टी कमिटीलाई मंगलबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवा...

विप्लव निकट विद्यार्थीले जलाए प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला (तस्बिरहरु)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला जलाएको छ। आइतबार साँझ काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि नेकपा निकट विद्यार्थीहरुले प्रधानमन्त्री देउवा र प्रचण्डको पुतला जलाएका हुन्। प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीको मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएपछि उनीहरुले पुतला दहन गरेका […]

प्रचण्ड र विप्लव दुवैसँग एकता सम्भव छैन : मोहन बैद्य

२७ पुस, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा […]