गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई संरक्षण

खजुरा– बाँके खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ ।  खजुरा-२  गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।  मङ्गलबार भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले भवन बनाउन लागिएको बताए। […]

सम्बन्धित सामग्री

सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : महामन्त्री थापा

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा महिलाको प्रतिनिधित्व कम हुनु दुर्भाग्य भएको बताएका छन् । नेपाल ब्युटिसियन सङ्घले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको अनाथ बालबालिका सहयोग कार्यक्रममा अब बन्ने प्रत्येक सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था कानूनमा लेखिनुपर्ने बताए । चुप लागेर बस्दैमा […]

नागरिकको हकहितका लागि सदैव प्रतिबद्ध छु : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपाली नागरिकका हकहितका लागि सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपालको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उहाँले अनाथ बालबालिका, असहाय महिला, वृद्घवृद्घा, अपाङ्गर, अशक्तको संरक्षण, ज्येष्ठ नागरिकको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । ललितपुरको गोदावरी वडा १४ बाँडेगाउँमा निर्माण भएको सेन्टरले …

‘स्यानी दिदी’ अब उपमेयर

११ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिका, दाङकी स्यानी चौधरीले अहिले धेरैको ध्यान खिचेकी छन् । हुन पनि, कुनै राजनीतिक पृष्ठभूमि नभएकी उनी उपमेयर निर्वाचित भएकी छन् । ‘दिदीघर’ नामक संस्थामा अनाथ बालबालिका हुर्काउदै आएकी स्यानी एकाएक राजनीतिमा आउनु र सुरुमै उपमेयरमा निर्वाचित हुनु स्वयं उनकै लागि समेत अनपेक्षित कुरा थियो । ‘पहिलो कुरा त राजनीतिमा […]

यमबुद्धको सम्झनामा बालबालिका र वृद्धवृद्धालाई सहयोग गरिने

काठमाडौं । दिवंगत र्‍याप गायक यमबुद्धको सम्झनामा उनको फ्यान क्लबले अनाथ बालबालिका र वृद्धाश्रममा आश्रितलाई सहयोग गर्ने भएको छ । साथै, राउटे समुदायलाई समेत क्लबले सघाउने भएको छ । फ्यान क्लबका अध्यक्ष लोकेश पौडेलले च्यारिटीका लागि राहत संकलन गरिने अशक्त र अनाथलाई सघाउने बताए । सडक बालबालिकालाई पनि सघाउने उनको भनाइ छ । आगामी जेठ […]

प्रदेश २ का ६ सय भन्दाबढी गरिब र विपन्नले आवास पाउने

काठमाडौं : प्रदेश नम्बर २ का ६ सय भन्दाबढी गरिब र विपन्न परिवारले आवास पाउने भएका छन्। शुक्रबार बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना २०६८, कार्यान्वयन कार्यविधि स्वीकृत गरेसँगै ६ सय १० परिवारले आवास पाउने भएका हुन्।प्रदेश नम्बर २ का आठवटै जिल्लाका प्रत्येक विधान क्षेत्रका १० परिवारले आवास पाउने भएका हुन्। असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद

बलिउडका भाइजान सलमानको सम्पत्ति कति ? बिगबोसबाट कति लिन्छन् पारिश्रमिक ?

बलिउडका भाइजान सलमान खान आफ्नो चलचित्रमा नयाँ नायिकाहरूलाई डेब्यू गराउनेमा प्रख्यात छन् । चलचित्रबाहेक उनले बिइङ ह्युमनमार्फत् सामाज र अनाथ बालबालिका लागि पनि सहयोग गर्ने गर्छन् ।  उनी जब पर्दामा आउँछन् तब उनले ब्लकबस्टर चलचित्रहरू दिने गर्छन् ।  दबङ, सुल्तान, बजरंगी भाइजान, अन्तिम जस्ता चलचित्रले उनका फ्यानहरूको मत जितेको छ ।  बलिउड चलचित्रका सुपरस्टार सलमानको लाइफस्टायल कस्तो छ त ? उनले कति कमाउँछन् ? भन्नेबारे जानकारी दिँदैछौं ।  सलमान चलचित्रमा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । मिडिया...

दाङको कन्सर्टमा ‘भिटेन’

काठमाडौं– विजया दशमीको अवसर पारेर आगामी असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रममा र्यापर समिर घिसिङ ‘भिटेन’सहित विभिन्न कलाकारको प्रस्तुति हुनेछ । कार्यक्रम व्यवस्थापक प्रकाश घर्तीमगरका अनुसार कार्यक्रममा मिलन नेवार, गायक प्रताप दास, दंगाली गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल […]

अनाथ बालबालिका जोखिमपूर्ण भवनमा बस्न बाध्य

दोलखा । भीमेश्वर नगरपालिका–५ मा रहेको गौरीशंकर बालगृहमा आश्रित बालबालिका जीर्ण भवनमा जोखिमपूर्ण रूपमा बस्न बाध्य छन् । सरोकारवालाहरूको बेवास्ताका कारण बालगृहमा आश्रित बालकहरू विकल्प नभएपछि जोखिमपूर्ण भवनमै बस्न बाध्य भएका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको भवनको पुनर्निर्माणका लागि हालसम्म पनि केन्द्रीय बाल संगठन तथा अन्य सरकारी निकायबाट पहल हुन सकेको छैन । भवन निर्माण नहुँदा आश्रित बालबालिका जोखिममा रहेको नेपाल बाल संगठन जिल्ला कार्य समितिका सभापति रामप्रसाद सापकोटाले बताए । आफू बाल संगठनको जिल्ला सभापति भएपछि पुनर्निर्माण प्राधिकरण, संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायमा पत्राचार गरिरहेको, तर कतैबाट पनि सहयोगको आश्वासन समेत नआएको उनको भनाइ छ । स्थानीयवासीको पहलमा करीब ९० रोपनी जग्गाको व्यवस्थापन गरी २०५३ सालमा नेपाल बाल संगठनले सञ्चालन गर्नेगरी आधुनिक भवनसहित गौरीशंकर बालगृहको स्थापना गरिएको  थियो । भूकम्पले भवन चर्किएपछि ठूलो पानी पर्दा तथा भूकम्पको सानो धक्का जाँदा समेत आफूहरू त्रसित हुने गरेको बालगृहका आश्रित ऋतिक सुनुवारले बताए । खाने बस्ने सुविधा राम्रै भए पनि जीर्ण भवनका कारण डरैडरमा बस्नुपरेको उनको गुनासो छ । ‘जिल्लाका जीर्ण सरकारी भवनहरूको पुनर्निर्माण भइरहेको छ । तर अनाथ बस्ने भवनमा कसैको चासो छैन,’ स्थानीय छवीन्द्र चौलागाईले भने । केन्द्रीय बाल संगठन अन्तर्गतको बालगृह भएकाले यसको भवन निर्माण गर्ने मुख्य दायित्व संघीय सरकारको भएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले बताए । नगरपालिकाले बालगृहको हल तथा भान्साघरको प्रबलीकरण गरिदिएको उनको भनाइ छ ।