साना चार कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गर्ने

१० साउन, काठमाडौं । संसद बाहिरका साना चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)विरुद्ध आन्दोलन घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी […]

सम्बन्धित सामग्री

एमसीसीविरुद्धको प्रदर्शनमा स्कुले बालबालिका उतारियो (तस्बिरहरु)

काठमाडौँ– ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले राजधानीमा आज प्रदर्शन गरेका हुन्। एमसीसी फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको थियो। एमसीसीविरुद्ध नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल,  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी […]

एमसीसीको विरोधमा आज काठमाडौँसहित देशभर प्रदर्शन हुँदै

काठमाडौँ। ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आज काठमाडौँ उपत्यकासहित देशभर एमसीसीविरुद्ध प्रदर्शन गर्दैछ। एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका उनीहरुले आज प्रदर्शन गर्न लागेका हुन्। मोर्चाले आज माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सहित नयाँ बानेश्वर पुगेर संसद भवन घेराउ गर्ने कार्यक्रम तय गरेको छ।

एमसीसीविरुद्ध प्रदर्शन, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् । प्रदर्शनमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वम