एमसीसीको विरोधमा आज काठमाडौँसहित देशभर प्रदर्शन हुँदै

काठमाडौँ। ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आज काठमाडौँ उपत्यकासहित देशभर एमसीसीविरुद्ध प्रदर्शन गर्दैछ। एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका उनीहरुले आज प्रदर्शन गर्न लागेका हुन्। मोर्चाले आज माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सहित नयाँ बानेश्वर पुगेर संसद भवन घेराउ गर्ने कार्यक्रम तय गरेको छ।