अभिनेता हरिहरलाई पितृशोक

काठमाडौंँ । फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमबार निधन भएको हो ।करिब तीन सातादेखि कोरोनासँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार कोरोना संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए । 

सम्बन्धित सामग्री

निर्देशक थापालाई पितृशोक

फिल्म निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापालाई पितृशोक परेको छ। उनका पिता विष्णुबहादुर थापाको ७८ वर्षको उमेरमा बुधबार बिहान ६ बजे इन्द्रायणीस्थित निजी निवासमा निधन भएको हो। लामो समयदेखि दम रोगबाट पीडित उनको सुदर्शनसहित तीन छोरा र एक छोरी छन्। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

अग्रहरिलाई पितृशोक

अभिनेता प्रमोद अग्रहरिलाई पितृशोक परेको छ। उनको पिता भिखी अग्रहरिको उपचारको क्रममा भारतको गोरखपुरस्थित सिटी अस्पतालमा शुक्रबार राति निधन भएको हो। निधनपछि उनको पार्थिव शरीर परासीमा ल्याएर अन्तिम संस्कार गरिएको छ। भिखी ८६ वर्षका थिए। विभिन्न भूमिकामा देखिँदै आएका प्रमोद करिब एक वर्षयता पिताको स्वास्थ्यमा समस्या आएपछि उनको हेरचाह र उपचारमा व्यस्त रहेका कारण कला […]

अभिनेता मनोज बाजपेयीलाई पितृशोक

बलिउड अभिनेता मनोज बाजपेयीलाई पितृशोक परेको छ । लामो समयदेखि रोगसँग जुधिरहेका उनका बाबु राधाकान्त बाजपेयीको ८३ वर्षको उमेरमा निधन भएको हो । राधाकान्त बिहारको बेतिया शहर नजिकैको एक सानो गाउँमा बस्थेँ । पछिल्ला केही महिना  स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको थियो । सेप्टेम्बरमा बाबुलाई भेट्न केरलाबाट सुटिङ छाडेर मनोज दिल्ली आएका थिए । समाचार एजेन्सी एएनआईसँग हालै भएको कुराकानी दौरान मनोजले आफ्ना बाबुको सपना पूरा भएको बताएका थिए । ‘१८ वर्षको उमेरमा म बिह