राप्रपा र स्वतन्त्र सांसदको समर्थन पाउने संकेत पाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ मा विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई शुक्रबार पत्र लेखी गण्डकीमा आफ्नो दलका मुख्यमन्त्रीलाई समर्थन गर्न आग्रह गरेपछि राप्रपाले आफू निर्णायक हुने अवस्थामा विश्वासको मत दिने संकेत गरेको छ ।