ब्रोडव्याण्ड परियोजना ७४ जिल्लामा सकियो, तीन जिल्ला  अझै बाँकी

चैत ८, काठमाडौं । ग्रामीण दूरसञ्चार कोष प्रयोग गरि निर्माणाधीन ब्रोडव्याण्ड परियोजना अन्तर्गत १८ ओटा प्याकेजहरु मध्ये ७४ ओटा जिल्लामा शतप्रतिशत कार्यसम्पन्न भएको  नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ ।  सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ८ ओटा परियोजनाको भेरिफिकेसन तथा मनिटरिङको काम सम्पन्न भइसकेको छ ।  एउटा परियोजनाको प्राधिकरणले नियुक्त गरेको परामर्शदाताबाट  मनिटरिङ तथा भेरिफिकेसन सकिएको छ । तीन ओटा परियोजनाहरुको फेज- २ अन्तरगतको  मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न भई  प्रतिवेदन प्राप्त भएको छ । दुई ओटा परियोजनाको  फेज- ३ अन्तर्गत  मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न परामर्शदातालाई कार्यादेश जारि भएको प्राधिकरणले बताएको छ ।  मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गका  तीन ओटा प्याकेजहरु मध्ये प्याकेज १ (प्रदेश नं १, मधेश प्रदेश र बाग्मती प्रदेश) नेपाल दूरसञ्चार कम्पनीले दुई  वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा १ हजार २३० किलोमिटर अप्टिकल फाईबर बिछ्याएको छ । त्यस्तै, २७ ओटा डिडब्लूडिएम प्रणाली जडान भई कलस्टर- १ को सम्पूर्ण साईटहरुको माईग्रेसन सम्पन्न भइसकेको छ । कलस्टर - २  को १३ ओटा मध्ये १० ओटा साईटहरुको कमिसनिङ सकिएको छ । ४७ ओटा कोर राउटर ईक्यूप्मेन्टको जडान समेत सकिएको छ भने फाईनल एसेप्टेन्स सर्टिफिकेट (एफएसी) जारी गर्न मात्रै बाकी रहेको बताइएको छ।  प्याकेज २ (गण्डकी प्रदेश र लुम्बिनी प्रदेश) अन्तरगत युनाइटेड टेलिकमले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि काम नगरे पछि ठेक्का खोसिएको थियो।  ठेक्का खोसिएको भन्दै उक्त कम्पनी अदालत गएपछि यो मुद्दा बीचाराधीन नै छ । जसको कारण गण्डकी प्रदेशको काम अलपत्र अवस्थामा छ।  प्याकेज ३ (कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश) अन्तरगत नेपाल दूरसञ्चार कम्पनीसँग दुई वर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको छ।  उक्त कार्यका लागि २४० किमी जडान सम्पन्न भएको छ ।  हाई क्यापासिटी डिडब्लूडिएम उपकरण भने २२ ओटा स्थानहरुमा  जडान सम्पन्न भइसकेको छ । त्यस्तै सोहि कोष परिचालन गरी भूकम्पबाट अतिप्रभावित आठ ओटा जिल्लाका ४ हजार २५१ ओटा स्थानमा  कम्तिमा २० एमबीपीएस गतिको नन्डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत ७६ ओटा स्थानीय निकायमध्ये ७२ ओटा स्थानीय निकायसँग सम्झौता सम्पन्न भएको पनि प्राधिकरणले बताएको छ।   भूकम्पबाट अतिप्रभावित ओटा जिल्ला  (काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली,  रामेछाप र ओखलढुङ्गा) मा यो कार्यक्रम लागू गरिएको थियो ।   ती जिल्लाका  ७१ ओटा स्थानीय तह अन्तरगत स्थानीय तह,  वडा कार्यालयहरु, समुदायिक माध्यमिक विद्यालयहरु, सामुदयिक स्वास्थ्य संस्थाहरु र सम्पूर्ण आधारभुत विद्यालयहरु गरी ४ हजार २५१ ओटा स्थानहरुमा ब्रोडब्यान्ड सेवा उपलब्ध भएको छ । अतिप्रभावित  ८ जिल्लाहरु सहित काठमाडौ बाहेकका ६६ ओटा जिल्लाका सामुदायिक  आधारभुत विद्यालयमा  कम्तिमा २० एमबिपीएस गतिको ननडेडिकेटेड  ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरी सेवा उपलब्ध गराउने अर्को परियोजनाको ६५६ ओटा स्थानीय तहमध्ये  २८३ ओटा स्थानीय तहमा सम्झौता भएको छ ।   प्राधिकरणले ५ अर्ब ६७ करोड रुपैयाँको ब्रोडब्याण्ड परियोजनामा हालसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

सम्बन्धित सामग्री

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...

जिल्ला न्यायाधीशको परीक्षामा भएको के हो ?

जिल्ला न्यायाधीशको परीक्षामा २११ परीक्षार्थीमध्ये १ जना मात्र पास भएको बारे विगत केही हप्तादेखि धेरैजसो सञ्चारमाध्यमबाट समाचार सम्प्रेषण भए। सँगसँगै केही दिनपछि उत्तीर्ण नै नहुने ती परीक्षार्थी जिल्ला न्यायाधीश भएको भन्ने समाचार सम्प्रेषित भए। परीक्षाको नतिजा निस्किनु अगाडि नै व्यवस्थापिका संसदमा केही नेपाल ऐन संशोधन विधेयक अन्तर्गत न्याय सेवा आयोग ऐनमा उल्लेखित जिल्ला न्यायाधीशको परीक्षाको […]

२२४ जिल्ला न्यायाधीशहरुकाे सरुवा (सूचीसहित)

काठमाडाैं : न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।जिल्ला अदालत काठमाडौंको न्यायाधीशमा दीपककुमार पोखरेललाई सरुवा गरिएको छ। यस्तै, जिल्ला अदालत चितवनमा कार्यरत केशव प्रसाद अधिकारी र तनहुँ जिल्ला अदालतमा कार्यरत वासुदेव पौडेल पनि काठमाडौंमा सरुवा भएका छन्।न्यायाधीश दीपक खनाल, कास्की जिल्ला अदालतका डण्डपाणि शर्मा, बारामा कार्यरत दयाराम ढकाल र ईश्वरीप्रसाद गौतम, जिल्ला अदालत दाङका हिमलाल बेल्वासे, स्य

ताप्लेजुङ साक्षर जिल्ला घोषणा

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै बुधबार एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो । समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्ताव पेशपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए ।&nbs

फार्मेसीविहीन जिल्ला अस्पताल

मुगु – हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमै फार्मेसी नहुँदा यहाँका बिरामी सास्ती खेपिरहेका छन्। जिल्लाको एक मात्र पन्ध्र शय्यामा निर्माण भएको अस्पतालमा फार्मेसी विनाको अस्पताल हुँदा यहाँका बिरामीलाई औषधि पाउनै मुस्किल हुने गरेको छ। ०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म फार्मेसी सेवा स्थापना नहुँदा बिरामीले निजी मेडिकलको औषधि चर्को मुल्य हालेर उपचार गर्नु […]

एमालेले आज जिल्ला अधिवेशन गर्दै

२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा आज अधिवेशन हुन लागेको हो । स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा […]

कांग्रेसको जिल्ला अधिवेशन सर्‍यो

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो।...

माओवादीका जिल्ला समितिहरू खारेज, अब जिल्ला समन्वय समितिहरू रहने

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो जिल्ला समितिहरू खारेज गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार जिल्ला समितिहरू खारेज भएर अब जिल्ला समन्वय समितिहरू रहनेछन्। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। प्रचण्डले राजनीतिक र सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए।

माओवादीको विधानबाट जिल्ला डिलिट !

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा... ।’अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए ।जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख

बाँके पूर्णखोप जिल्ला घोषणा

बाँके जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरूले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।शुक्रबार नेपालगन्जमा आयोजना गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्णखोप जिल्ला भएको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता […]