काठमाडौंः : भारत र इंग्ल्याण्डबीचको पाँच म्याच टेस्टको सिरिजअन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। पाँचौं तथा अन्तिम दिन वर्षाको कारण खेल हुन सकेको थिएन।पाँचौं दिनको खेल लगातार भारी वर्षाका कारण एक बल पनि सम्भव नहुँदा खेलको नतिजा आउन सकेन। भारत जितबाट १ सय ५७ रन टाढा रहेको थियो। उससँग ९ विकेट पनि बाँकी थियो। शनिबार दिनको खेल समाप्त हुँदा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको थियो।रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ रनमा अविजित थिए। केएल राहुल ३८ बलमा ६ चौकासहित २६ रनमा क्याच आउट भएका थिए