यूरो कप फाइनल प्रिभ्यू : इङ्गल्यान्डसँग ठूला प्रतियोगितामा हारेको छैन इटाली

ठुला नकआउट प्रतियोगिताको फाइनलमा सधैँ दुई उत्कृष्ट टोलीको भेट हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर, आज मध्यरात नेपाली समयअनुसार १२:४५ मा इटाली र इङ्गल्यान्ड भिड्दै छन्, जो हरेक हिसाबले यस प्रतियोगिताका उत्कृष्ट टिम हुन् । यी दुवै टिम अपराजित रहँदै फाइनलसम्म आइपुगेका हुन् । इटाली पछिल्ला ३३ खेलदेखि अपराजित छ । अब दुई खेल जित्न सके उसले सर्वाधिक धेरै खेलसम्म अपराजित रहने ब्राजिल र स्पेनको कीर्तिमान बराबरी गर्नेछ । जारी प्रतियोगितामा इटालीले अहिलेसम्म सबै ६ खेल जित्यो, उसले समूह चरणमा टर्की

सम्बन्धित सामग्री

नश्लभेदी टिप्पणी गर्ने चार जना पक्राउ

बेलायतको प्रहरीले खेलाडीमाथि नश्लभेदी टिप्पणी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । यूरो कप फुटबल २०२० को फाइनलमा इटाली बिरुद्ध तीन वटा पेनाल्टी बिफल भएकोमा पेनाल्टी प्रहार गर्ने खेलाडीले दुब्यर्वहारको सामना गर्नुपरेको थियो । मार्कस राशफोर्ड, बुकायो साकास र जैदन साञ्चोको प्रहार विफल भएको थियो । इंग्ल्याण्ड यूरो कप फुटबलको फाइनलमा हार बेहोर्न पुग्यो ।

‘खेलाडीमाथि नश्लभेदी टिप्पणी गर्ने इंग्ल्याण्डका प्रशंसक हुन सक्दैन्’

इंग्ल्याण्ड फुटबल टोलिका कप्तान हयारी केनले खेलाडीमाथि रङ्गभेदी टिप्पणी गर्नेहरु इंग्ल्याण्डका प्रशंसक हुन नसक्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले यस्ता प्रशंसकको आवश्यकता नरहेको बताउनुभएको छ । यूरो कप फुटबल २०२० को फाइनलमा इटाली बिरुद्ध इंग्ल्याण्ड पेनाल्टी शूट आउटमा हारेको थियो । मार्कस राशफोर्ड, बुकायो साका र जैदन साञ्चोको प्रहार विफल भएपछि खेल प्रशंसकले तीनै जनामाथि नश्लभेदी टिप्पणी गरेका थिए । खेल लगत्तै तीनैजना खेलाडीमाथि सामाजिक सञ्जालमा प्रशंसक खनिएका थिए ।

इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

काठमाडौं, असार २८ । इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले […]

इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को बराबरी खेलेको दुबै टोलिले अतिरिक्त समयमा समेत गोल थप्न सकेनन । खेल पेनाल्टी शूट आउटमा गयो । पेनाल्टी शूट आउटमा इटालीले इंग्ल्याण्डलाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको छ । इंग्ल्याण्डका लागि बुकायो साका, जेदन साञ्चो र मार्कस रास्फोर्डको पेनाल्टी प्रहार गोल हुन सकेन । इटालीका बेलोट्टी र जोर्गिन्होको पेनाल्टी प्रहार विफल हुन पुग्यो । यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो । यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो । चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो ।

स्पेन बाहिरियो, इटाली यूरो कपको फाइनलमा पुग्यो

इटाली यूरो कप फुटबल २०२० को फाइनलमा पुगेको छ । स्पेनलाई पेनाल्टी शूट आउटमा हराएर इटाली यूरो कपको फाइनलमा स्थान सुरक्षित गरेको छ । स्पेन आफ्नो फुटबल इतिहासमा पहिलो पटक सेमीफाइनलमा हार बेहोरेको छ । इटालीले भने लगातार १३ औं खेल जित्यो । इंग्ल्याण्डको वेम्ब्ली रङशालामा अतिरिक्त समयको खेल १–१ को बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो । पेनाल्टी शूट आउटमा इटालीले स्पेनलाई ४–२ ले पछि पार्यो । अल्भारो मोराटोको प्रहार बचाउँदा जोर्गिन्होले गोल गर्दै इटालीलाई फाइनलमा पुर्याउनुभयो । फाइनलमा इटालीले आइतबार इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग स्पर्धा गर्नेछन् ।

स्पेन र इटाली सेमिफाइनलमा : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । स्पेन र इटाली यूरो कपको सेमिफाइनलमा पुगेका छन् । स्पेनले स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा र इटालीले बेल्जियमलाई २–१ ले पराजित गरेर सेमिफाइनलमा - यूरो कप

बेल्जियमलाई हराउँदै इटाली सेमीफाइनलमा पुग्यो

इटाली यूरो कप फुटबलको सेमीफाइनलमा पुगेको छ । सेमीफाइनलमा इटालीले स्पेनको सामना गर्नेछ । स्पेन र इटालीबीचको सेमीफाइनल खेल मंगलबार वेम्ब्लीमा हुनेछ । गए राति अबेर सम्पन्न खेलमा इटालीले बेल्जियमलाई २–१ ले हराउँदै यूरो कप फुटबलमा सेमीफाइनलको यात्रा तय गरेको हो । इटालीले प्रतियोगिताको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बेल्जियमलाई हराउँदै इटालीले लगातार १३ औं जित हात पार्यो । इटाली लगातार ३२ खेलमा अपराजित रहेको छ ।

सङ्घर्षपूर्ण जितले इटालीलाई क्वार्टरफाइनलमा पुर्यायो

इटाली यूरो कप फुटबल २०२० को क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा उसले अष्ट्रियामाथि २–१ को जित हात पार्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सम्पन्न भएपछि इटालीलाई अष्ट्रियालाई हराउन अतिरिक्त समयको खाँचो पर्यो । अष्ट्रियाले भने आफ्नो प्रतिद्वन्दीलाई कडा चुनौती दिनुअघि पहिलो पटक यूरो कप फुटबलको नक आउट चरणमा प्रबेश पाएको थियो । मार्को अर्नौटोभिकले निर्धारित समयमा गर्नुभएको गोल म्याच रेफ्रीले अफसाइड दिएपछि इटालीलाई अष्ट्रियाले गोलरहित बराबरीमा रोक्न सफल भयो ।

इटालीको अपराजित यात्रा जारी, वेल्सको अन्तिम १६ पुग्ने सम्भावना बलियो

यूरो कप फुटबल २०२० मा इटालीको अपराजित यात्रा जारी छ । गए राति अबेर सम्पन्न खेलमा इटालीले वेल्सलाई हराउँदै लिगको तीनमध्ये तीनै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको छ । इटाली यसअघि नै समूह ए को विजेता हुँदै यूरो कप फुटबलको अन्तिम १६ मा स्थान बनाइसकेको छ । समग्रमा इटालीको यो ३० औं अपराजित खेल रहन गयो ।

यूरो कपको उपाधि कस्ले जित्ला ?

काठमाडौं, ५ असार । यूरो कप फुटबलमा खेलप्रेमीहरुको ध्यान केन्द्रित छ । यूरो कपको छनोट चरणबाट केही देशहरु अघिल्लो चरणमा प्रवेश गरिसकेका छन् । छनोट चरणमा खेलाडीहरुको प्रदर्शन र टिमको शक्तिबाट पनि सम्भावित विजेताहरुको अनुमान हुन थालेको छ । यसपटक यूरोकपमा समूह ए बाट इटाली दोस्रो चरणमा प्रवेश गरिसकेको छ । इटाली आक्रामक खेल खेल्ने […]