यस कारण लगाइन्छ घरमा इन्डोर प्लान्ट ?

काठमाडौं– हामी सबैको रहर हुन्छ- आफ्नो घर अफिस वा कोठालाई सुन्दर र आकर्षक बनाउने । यही रहरका कारण पछिल्लो समय धेरै घरहरूमा इन्डोर प्लान्टहरू लगाइएका देखिन्छन् । कतिपय घरमा त यिनको फाइदाका बारेमा थाहा भएर रोपिन्छन् भने कतिपयलाई थाहा नै नभई पनि यी बिरुवाहरू रोपिएका हुन्छन् । आज हामी यी नै विषयमा जोडिएर घरमा इन्डोर […]

सम्बन्धित सामग्री

१० टेबल प्लान्ट, जसलाई घर वा कार्यालयमा सजाउन सकिन्छ

घर वा कोठा सजाउनका लागि अहिले इन्डोर प्लान्ट लगाउने चलन निकै बढेको छ । इन्डोर प्लान्ट भन्नाले घरभित्र सजाइने बिरुवा हो, यो माटो र पानी रोप्ने दुई थरीको हुन्छ । यसको बनावट र आकारप्रकार पनि फरक-फरक हुन्छ । कुनै लहरो फैलिने खालको हुन्छ भने कुनै टेबुलमा मात्र सजाउन सकिने खालको हुन्छ । टेबुलमा कस्तो कस्तो […]

कोठालाई ताजा राख्ने ‘पोथोस’

कोठालाई आकर्षक बनाउन हामी विभिन्न सजावटका सामग्री प्रयोग गर्छौं । ती सामग्रीसँगै इन्डोर प्लान्ट राखेर हामीले कोठालाई नेचुरल लुक्स दिन सक्छौँ । पछिल्लो समय सहरी क्षेत्रमा यसरी इन्डोर प्लान्ट राख्ने चलन पनि...

पीस लिली : वायु शुद्ध गर्ने इन्डोर प्लान्ट

शान्ति लिली अर्थात् स्पाथिफिलम घरभित्र रोप्न मिल्ने फूल हो । त्यसो त घरबाहिर पनि यो राम्ररी सप्रिन्छ । भनिन्छ, शान्ति लिली फूलले वायु शुद्धीकरण पनि गर्छ । हेर्दा आकर्षक, छरितो र सधैं हरियो रहने भएकाले पनि यो फूललाई घरभित्र सजाउन उपयुक्त मानिन्छ । कहिले रोप्ने ? जाडो महिनाबाहेक अरु जुनसुकै बेलामा रोप्न सकिन्छ यो फूल […]

हावा शुद्ध गर्ने स्नेक प्लान्ट

स्नेक प्लान्ट इन्डोर प्लान्ट हो । यसका विभिन्न प्रकार छन् । स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले सुत्ने कोठामा राख्दा राम्रो मानिन्छ । यद्यपि, बैठक कोठाको सजावटमा पनि यो प्लान्टले सहयोग गर्छ । यसले...

इन्डोर प्लान्ट कहाँ, कसरी सजाउने ?

काठमाडौं । घरको कोठा, बार्दली, भर्‍याङजस्ता ठाउँमा इन्डोर प्लान्ट सजाउन सकिन्छ । इन्डोर प्लान्ट अर्थात् घरभित्र रोप्न हुर्काउन सकिने यस्ता थुप्रै बुट्यान हुन्छन्, जसले घरलाई आकर्षक देखाउँछ । त्यसो त यी बुट्यानहरुले घरको शोभा मात्र बढाउँदैन, वायु शुद्धीकरणमा पनि उत्तिकै योगदान दिन्छ । यद्यपि त्यसका लागि कस्तो प्रजातिको बुट्यान राख्ने भन्ने कुरामा भने हेक्का राख्नुपर्छ […]

कार्यालय कोठामा वनस्पति हुनुका फाइदा

चैत ४, काठमाडौं । सरकारी होस् वा निजी । कार्यालय कोठा वा कुनै कर्मचारीको कार्यकक्ष भन्नेबित्तिकै कर्मचारी बस्नका लागि कुर्सी, साथमा टेबल, दराज र सेवाग्राहीका लागि बस्ने मेच वा सोफासहितको सामग्री स्मरणमा आउँछ ।  अझ सरकारी कार्यालयका कार्यकक्ष सम्झँदा असरल्ल रहेका कागजात, फाइल पोको पारिएका गुन्टा पनि सम्झन्छौं ।   अधिकांश कार्यालयमा यस्तै वातावरण बनाउन सम्बन्धित कर्मचारी आफूलाई तोकिएको जिम्मेवारीअनुसार खटिइरहेको पाइन्छ ।  पछिल्लो समय विशेषगरी निजी क्षेत्रका कम्पनी, उद्योग, वित्तीय संस्था, शिक्षालयमा कार्यालयलाई सकेसम्म आकर्षक देखाउन सरसफाइ, फर्निचरको गुणस्तरमा ध्यान दिनुका साथै गमलामा इन्डोर प्लान्टसमेत राखेर सजाउने चलन पनि बढ्दै गएको पाइन्छ ।   व्यावसायिक कार्यक्षमता विकाससम्बन्धी विभिन्न लेख प्रकाशित हुने बी वर्क डटकममा प्रकाशित एक लेखअनुसार सन् २०१४ मा इंग्ल्यान्ड, नेदरल्यान्ड र अस्ट्रेलियामा महिनौं लगाएर सम्पन्न गरिएको एक अध्ययनले हरियालीयुक्त वातावरणमा काम गर्ने व्यक्तिमा सामान्य अवस्थामा काम गर्नेमा भन्दा बढी आत्मसन्तुष्टि र काममा एकाग्रता रहेको पाइएको उल्लेख गरिएको छ ।  सोही अध्ययनले हरियालीयुक्त वातावरणमा काम गर्नेहरू कम्तिमा १५ प्रतिशत बढी परिणाममुखी रहेको देखाएको छ ।  हरियालीले बढाउँछ काममा ऊर्जा यसबाट कार्यकक्षमा उपयुक्त खालको वनस्पतिसहितको प्राकृतिक हरियाली हुनुले सम्बन्धित कार्यालयको शोभा बढ्नुका साथै काम गर्ने व्यक्तिको ऊर्जाशीलतामा पनि सहयोग पुग्ने देखिन्छ । त्यसैले कार्यालय कोठाको डिजाइन गर्दा आफू बस्ने कुर्सी टेबल, दराज आदि फर्निचर मात्र नभई उपयुक्त स्थानमा हरियालीको लागि पनि व्यवस्था गरिनु उपयुक्त हुन्छ ।  हिजोआज कार्यालय कोठा कस्तो बनाउने र त्यसलाई कसरी सजाउने भन्ने कामकै लागि व्यावसायिक इन्टेरियर डिजाइनरको सहयोग लिने चलन छ ।  कार्यकक्षमा प्राकृतिक हरियालीलाई ठाउँ दिन उनीहरूसँग अनेक जुक्ति हुन सक्छन् । साथै, कस्तो खाले वनस्पति राख्दा उपलब्ध स्थान र हेरचाहका लागि सहज हुन्छ भन्नेबारे विज्ञहरूको सहयोग लिन सकिन्छ ।  कार्यकक्षमा आफ्नो उपस्थिति कार्यालय समय मात्र हुने, बिदा तथा काम नभएको समय त्यहाँ आफ्नो उपस्थिति नहुने हुँदा कार्यकक्षमा राख्न  इन्डोर प्लान्ट नै उपयुक्त हुन्छ । प्रकाश कम भए पनि हुने, केही दिन बिराएर पानी हाले पनि हुने र स्याहारसम्भारका लागि कम समय दिए पुग्ने प्रकृतिका थुप्रै प्रजातिका वनस्पति नर्सरीमा पाइन्छन् । घरसंसारकैै विगत अंकमा घरभित्रै हुर्काउन मिल्ने, अक्सिजन पनि धेरै दिने र हेर्दा पनि आकर्षक वनस्पतिबारे उपयोगी सामग्री पस्किइसकेका छौं । कार्यालय कोठामा पनि त्यस्तै किसिमका इन्डोर प्लान्ट राख्नु बढी उपयुक्त देखिन्छ ।  कार्यालय कोठामा राख्न उपयुक्त वनस्पति  क्याक्टस :   सामान्य गमलाभन्दा धेरै सानो भाँडोमा पनि आकर्षक किसिमले सजाउन सकिने हुँदा सानै ठाउँमा क्याक्टसलाई राख्न सकिन्छ । यसलाई पानी, मल र स्याहारसम्भारका लागि धेरै लगानी गर्नैपर्दैन । यो मरुभूमितिर मात्र पाइने हुँदा हेर्दा नौलो साथै आकर्षक पनि देखिन्छ ।  बाँस वा लक्की बाम्बु :   चिनियाँहरूमाझ शौभाग्यको प्रतीक भनिने लक्की बाम्बु (बाँस) पनि आकर्षक तरिकाले कार्यालयका टेबल तथा उपयुक्त स्थानमा राख्न सकिन्छ ।  यसका लागि गमलाको सट्टा काँचको पारदर्शी वर्तन प्रयोग गरिने हुनाले थप आकर्षक हुन्छ ।  लक्की बाम्बुलाई करिब एक साताको अन्तरमा थोरै पानी थप्ने र १–२ महिनाको अन्तरमा थोरै मल हालिदिए अन्य विशेष स्याहार गरिरहनु पर्दैन ।  एलोभेरा :   नेपालीमा घिउकुमारी नामले प्रख्यात यो वनस्पति आगोले पोलेको, सानातिना घाउ, छालासम्बन्धी अन्य समस्याका लागि अत्यन्त लोकप्रिय औषधीय गुणयुक्त वनस्पति हो ।  एलोभेरालाई पनि कुनै खास किसिमको स्याहार आवश्यक पर्दैन ।  उपयुक्त साइजको गमलामा लगाएर केही दिनको अन्तरमा थोरै पानी र केही महिनाको अन्तरमा थोरै मल राखिदिए पुग्छ ।  माथि उल्लेख गएिका छालासम्बन्धी वा सानातिना घाउ भए प्राथमिक उपचारका लागि यसको पात काटेर तत्कालै औषधीको रूपमा प्रयोग गर्न सकिन्छ ।  मनीप्लान्ट :   आकर्षक लहराको रूपमा फैलिने मनीप्लान्ट वा पोथसको बिरुवाले कार्यालय कोठालाई हरियालीयुक्त र स्वस्थ देखिनमा मद्दत गर्दछ ।  आफूले रोपेको मनीप्लान्ट जति फैलियो त्यति नै व्यापार व्यवसाय सफल भई आर्थिक आम्दानी बढ्छ भन्ने विश्वास कहीँ–कतै रहेको पाइन्छ । सोही कारण यो बिरुवालाई मनीप्लान्ट भनिएको हुन सक्छ । यसलाई पनि गमला वा पारदर्शी काँचको भाँडोमा पानी राखेर कार्यालय कोठामै हुर्काउन सकिन्छ ।  माथि उल्लिखित केही प्रतिनिधि वनस्पति तपाईं–हाम्रा छिमेक वा नर्सरीमा सहजै र सस्तैमा पाइन्छन् । यिनलाई हाम्रो कार्यकक्षमा सजिलै रोप्न र हुर्काउन अनि आफ्नो कार्यालयलाई थप आकर्षक रूप दिन सक्छौं । आफूलाई पायक पर्ने नर्सरी वा इन्टेरियर डिजाइनर वा वनस्पति विज्ञको सल्लाह लिई अरू विभिन्न थरी वनस्पतिलाई हामी आफ्नो कार्यालयमा राख्न सक्दछौं । यसबाट कार्यव्यस्तताको समय मन बहलाउन र स्वस्थ वातावरणमा काम गर्न सहज हुन्छ ।

उचित हेरचाहले मात्रै गर्न सकिन्छ ग्रिन प्लान्टको व्यवस्थापन

काठमाडौं । घरलाई आकर्षक देखाउन विभिन्न सामग्री प्रयोग गरिन्छ । यिनै सामग्रीको उचित सजावट र संयोजनले घरलाई सुन्दर बनाउँछ । आर्किटेक्ट डिजाइन, इन्टेरियर डिजाइन, अनुभवी कामदार, गुणस्तर सामग्री, खुला ठाउँ, हरियाली बगैंचा, पर्याप्त पार्किङ आदि सबै घरका सौन्दर्य र शोभा हुन् । घरभित्र र बाहिर राखिने हरियालीयुक्त रुख–बिरुवा जसलाई ग्रिन वा हाउस प्लान्ट भन्ने गरिन्छ । यसलाई इन्डोर र आउटडोर प्लान्टको नामले पनि चिनिन्छ । यसको उपस्थितिले घरलाई आकर्षक, सुन्दर, रमणीय र अक्सिजनमय बनाउनमा ठूलो भूमिका खेलेको हुन्छ । हरियाली रुख–बिरुवाको आकर्षक सजावटले घरलाई सुन्दर मात्र बनाउने होइन, यसले स्वस्थ हावाको पूर्ति गर्छ । हाउस प्लान्ट अन्य रुख–बिरुवाजस्तो ठूला र धेरै जमिन चाहिने स्वभावको हुँदैन । यो अरू फूलजस्तो सिजनएवल पनि हुँदैन । यो लामो समयसम्म बाँच्न सक्छ । गमला घरका फाउन्डर÷अध्यक्ष दीपेन्द्र तुलाधरका अनुसार यी प्लान्टको आयु ५ देखि २० वर्षसम्मको हुन्छ । फूल फुल्ने प्लान्ट पनि अरूजस्तो एकपटक फुलेर मर्ने स्वभावको हुँदैन । त्यसैले हाउस प्लान्टलाई एउटा स–साना भाँडामा घरका विभिन्न कोठा, प्यासेज, बरन्डा, किचन, डाइनिङ रुम, डोरीमा झुन्ड्याएर राख्न सकिन्छ । यसले घरमा हरियाली वातावरण र सुन्दर दृश्यावलोकनका लागि जोकसैलाई मोहित पार्न सक्छ । यही विशेषताका कारण अचेल प्रायः सबैले घरमा हाउस प्लान्ट राख्ने चलन र सोखमा वृद्धि हुँदै गइरहेको छ । पसलमा गएर आफूलाई मन पर्ने प्लान्ट खरिद गर्न सक्छौं र घरमा उपयुक्त ठाउँमा सजाएर राख्छौं । तर, त्यसको सुरक्षा र संरक्षणको विषयमा ध्यान दिएका हुँदैनौं । प्लान्टको उचित हेरचाहले स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । सामान्यतया इन्डोर प्लान्टमा तीन प्रकारका मल प्रयोग गर्न सकिन्छ । झोल मल, एनपिके (नाइट्रोजन, फोस्फोरस र पोटासियम) र जैविक (अर्गानिक) मल प्रमुख हुन् । बिरुवा स्वस्थ रहन, हुर्कन, फूल तथा दाना आदि वृद्धिका लागि पौस्टिक तत्वको आवश्यकता पर्दछ । यसका लागि बिरुवालाई आवश्यकताअनुसार समय–समयमा मलजल, गोडमेल, हेरचाह गर्नुपर्दछ । झोल मल र दानादार मल बजारबाट खरिद गर्नुपर्छ । यी मल प्रयोगले बिरुवालाई आवश्यक पोषक पूर्ति गर्छ । जस्तै, नाइट्रोजनले बिरुवालाई हरियो बनाइराख्न सहयोग गर्छ । त्यसैगरी फस्फोरसले जरालाई वृद्धि गर्न सहयोग पुग्छ भने पोटासियमले बिरुवामा फूल, दानाको विकासमा सहयोग गर्दछ । इन्डोर प्लान्टका लागि आवश्यक मल घरमै पनि बनाउन सकिन्छ । घरबाट निस्कने फोहोरजन्य वस्तु जस्तै, चिया दाना, अन्डाको खोस्टा, पिनाको धुलो, हड्डीको धुलो आदि मलको रूपमा प्रयोग गर्न सकिन्छ । प्लान्ट रोप्दा सफा माटोमा कोकोपिट (नरिवलको धुलो), कम्पोस्ट मल मिलाउनुपर्दछ । त्यसपछि प्रत्येक २ वर्षमा कम्पोस्ट मल प्रयोग गर्नुपर्दछ । प्लान्टको प्रकृतिअनुसार सातामा दुई पटक र तीन सातामा एकपटकसम्म पानी हाल्ने गर्नुपर्दछ । मल पनि आवश्यकताअनुसार प्रयोग गर्नुपर्दछ । जस्तो, कुनै प्लान्ट ढिलो वृद्धि हुने प्रकृतिका हुन्छन् भने कुनै छिटो वृद्धि हुने हुन्छन् । छिटो वृद्धि हुने प्लान्टलाई धेरै पोषक तत्व आवश्यकता पर्दछ भने ढिलो वृद्धि हुने प्लान्टलाई कम । विशेषगरी प्लान्ट वृद्धि हुने गर्मीयाम (समर सिजन) हो । त्यो समय बढी पोषक तत्वको आवश्यकता पर्ने भएकाले बढी मल दिनु जरुरी पर्छ । त्यसैगरी फूल फुल्ने समय पनि बढी मल जरुरी हुन्छ । कुन प्लान्टमा कति पानी हाल्ने भन्ने जानकारी नहुने भएकाले प्लान्ट किन्दा यसबारे सोधीखोजी भने गर्नुपर्छ । इन्डोर प्लान्ट र आउटडोर प्लान्टका लागि आवश्यकताअनुसार विभिन्न माटोका गमला, म्याक्रेम, पीभीसी गमला, सेरामिक्स, प्लास्टिकका भाँडा प्रयोग गर्न सकिन्छ । साधरणतया इन्डोर प्लान्टका लागि सेरामिक्स गमला प्रयोग गरिन्छ । आउटडोर प्लान्टका लागि माटोका गमला प्रयोग गरिन्छ । झुन्ड्याउन प्रयोग गरिने प्लान्टमा भने प्लास्टिक वा अन्य विभिन्न भाँडा प्रयोग गर्न सकिन्छ । प्लान्टलाई समय–समयमा सरसफाइ, गोडमेल, काँटछाँट गरिरहनुपर्दछ । यसका लागि कैंची, भ्यासल, स्प्रे बोतल, चक्कु, कुटो आदि औजार प्रयोग गर्न सकिन्छ । प्लान्टको संरक्षण र वृद्धिका लागि उचित हेरचाह र आवश्यक मलजलमा विशेष ध्यान दिनु आवश्यक छ ।

घर बाहिरको डेकोरेसनमा‘ह्यांगिङ प्लान्ट’

काठमाडौं । घरलाई आकर्षक र सुन्दर बनाउन नापनक्साका साथै डिजाइन बनाउँदा नै विशेष ख्याल गर्नुपर्छ । घरको भित्री र बाहिरी आवरण सुन्दर बनाउन वालपेपरदेखि विभिन्न खाले रंगको प्रयोग गरिन्छ । सहरी क्षेत्रमा बन्ने र बनेका घरलाई सजाउन विभिन्न पद्धतिको प्रयोग गर्ने गरिन्छ । घरको कौसी, बरन्डालगायतका स्थानमा मौसमअनुसारका फूल तथा लहरे फूल राख्ने गरिएको पाइन्छ । इन्डोर प्लान्ट घरभित्रका बैठक रुमलगायत स्थानमा राख्ने प्रचलन बढ्दो छ । घर बाहिरका कौसी तथा बरन्डा, भर्‍याङमुनि, घरको कौसी तथा छतमुनि ड्रिलिङ गरेर अहिले ह्यांगिङ प्लान्ट लगाउने प्रचलन बढेको देखिन्छ । ह्यांगिङ प्लान्ट खासगरी लहरे प्लान्ट हुन्, जसलाई डोरी वा फलामे तारका सहायताले बास्केट अर्थात् गमलामा माटो राखेर प्लान्ट रोपी झुन्ड्याउने गरिन्छ । मनी प्लान्ट, डंकी टेलजस्ता प्लान्ट ह्यांगिङ प्लान्टको रूपमा लगाउन सकिन्छ । ह्यांगिङ प्लान्ट लहरा खाले प्लान्ट हुन् । प्लान्ट पाराडाइज कम्पनीकी प्रोप्राइटर सृष्टि न्यौपाने घर बाहिर राखिने र पानी पर्दा नबिग्रने प्लान्ट यसरी लगाउन सकिने बताउँछिन् । लामो लहरा जाने प्लान्ट खासगरी फुल्नेभन्दा नफुल्ने खाले प्लान्ट यसमा पर्ने गर्छन् । सयपत्री फूल पनि लगाउन सकिन्छ । लहरा जाने प्लान्टलाई ह्यांगिङ प्लान्टको रूपमा प्रयोग गर्न सकिन्छ । यस्ता खाले प्लान्ट लगाउँदा उक्त स्थानमा बलियोसँग ड्रिल गर्नुपर्छ । यसका साथथै सुरक्षालाई पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । यसका लागि बलियो खाले फलामको नेटल चेन तथा प्लास्टिकको डोरी पाइने गर्छ भने कतिपयले जुटको डोरी पनि प्रयोग गरेको देखिन्छ । तर, जुटको डोरी पानीबाट भिजेर गल्ने हुँदा छिट्टै चुँडिन सक्ने भएकाले यसले केही क्षति पुर्‍याउन सक्ने हुँदा विकल्प अरू रोज्न उनको सुझाव छ । ड्रिल गरी झुन्ड्याएर राखिने भएकाले सुरक्षालाई ध्यान दिनुपर्ने उनको सुझाव छ । यसरी झुन्ड्याउने प्लान्टको गमला तथा बास्केटको मुनिपट्टि प्वाल पार्नुपर्छ । यसले गर्दा त्यसमुनि हुने अरू प्लान्ट तथा घरका मानिसलाई डिस्टर्ब गर्न नहुने उनी बताउँछिन् । घरभित्रबाट बाहिरपट्टि निस्कने रेलिङ, कौसी र जहाँ–जहाँ ड्रिल गरेर झुन्ड्याउन मिल्छ, त्यहाँ जता पनि यस्ता प्लान्ट राख्न सकिने उनको भनाइ छ । कौसीमा जाने फलामको भर्‍याङमा पनि यस्ता प्लान्ट राख्न सकिन्छ । घरभित्रभन्दा घरबाहिरकै लागि यस्ता प्लान्ट राख्ने गरिन्छ । ड्रली गर्नेदेखि बास्केट, गमला प्लान्ट खरिद गर्दासम्म प्रतिपिस १ हजार २०० देखि १ हजार ५०० सम्म खर्च हुने उनी बताउँछिन् । घरमै प्लान्ट भए योभन्दा पनि कम खर्च हुन्छ । ग्राहकको रुचिअनुसार यसरी ह्यांगिङ प्लान्ट राख्न सकिने भए पनि बच्चाबाट, घरमा पालिने कुकुर, बिरालोबाट प्लान्टलाई जोगाउन भने सक्नुपर्छ । ह्यांगिङ प्लान्टको रूपमा लगाउन मिल्नेमा मनी प्लान्ट, वान्डरिङ–ज्यू, इंग्लिस आइभीवाई, वक्स आइभीवाई, डंकी टेल, बनाना अक्सिस्ट्रिमजस्ता प्लान्ट लगाउन सकिन्छ ।

कति लाभदायी हुन्छ घरमा इन्डोर प्लान्ट ?

काठमाडौं । आफू बस्ने घरलाई सुन्दर र आकर्षक पार्नु सबैको रहर हुन्छ । ग्रामीण भेगमा वातावरण नै सुन्दर र सफा हुने भएकाले घरलाई आकर्षक बनाउन धेरै मिहिनेत गर्नुपर्दैन । यदि तपाईं सहरमा घर बनाएर बस्नुभएको छ, भने घरलाई कंक्रिट मात्रै होइन, जीवन्तता दिन सफा, हरियाली, आकर्षक बनाउन पनि उत्तिकै मिहिनेत गर्नैपर्छ । घरको बाहिरी क्षेत्र धेरै छ भने त्यहाँ विभिन्न किसिमका बिरुवा लगाएर लाभ लिन सकिन्छ । यद्यपि इन्डोर प्लान्ट पनि राख्न नसकिने भने होइन । इन्डोर प्लान्ट राख्दा घर बाहिरबाट आउने अक्सिजनलाई शुद्धीकरण गर्न यसले भूमिका खेल्छ । केही समयअघि काठमाडौं उपत्यकालाई वायु प्रदूषणले निकै आक्रान्त पारेको थियो । अहिले पनि कोरोना भाइरस र निषेधाज्ञाका कारण बाहिर हिँडडुल नगरी घरभित्रै सबै  बसेको अवस्था छ । धेरै जना सँगै बस्दा स्वच्छ हावा प्रवाहमा पनि समस्या हुने गर्छ । हावा शुद्धीकरणका लागि घरमा इन्डोर प्लान्ट लाभकारी हुने यसका जानकार बताउँछन् । इन्डोर प्लान्ट घरभित्र उपयुक्त स्थानमा लगाउन सकिने प्रजातिका बोट बिरुवा हुुन् । यसलाई शो पिसका रूपमा पनि लगाउने ट्रेन्ड बनेको प्लान्ट एण्ड डेकोरका सह–संस्थापक प्रज्ज्वल तुलाधर बताउँछन् । उनी भन्छन्, ‘इन्डोर प्लान्टको मुख्य काम नै अक्सिजन प्युरिफाई गर्नु हो भने अहिले कोरोनाका कारण घर तथा रुममा बस्दा प्राकृतिक रूपमै यस्ता प्लान्टबाट एयर प्युरिफाइ हुन्छ ।’ जस्तै, स्नेक प्लान्ट, पिस लिली, स्पाइडर प्लान्ट, रबर प्लान्ट, इंग्लिस आइभीवाई प्लान्ट, एरेका पाम, ड्रासेना प्लान्ट लगाउन सकिन्छ । यसको मूल्य बेर्नादेखि हुर्किएको बिरुवा किन्नेमा भर पर्ने तुलाधर बताउँछन् । बेर्ना खरिद गर्नुभयो भने सस्तो पर्छ । यी प्लान्टका बेर्ना खरिद गर्दा सुरु मूल्य १५० देखि सुरु हुन्छ भने हुर्किएका बिरुवा नै खरिद गर्दा १ हजार २०० देखि  १ हजार ३०० रुपैयाँसम्म पर्छ । यदि यस्ता बिरुवा आफैं हुर्काउन चाहनुहुन्छ भने खर्च कम हुन्छ । तर, घरमा लगेर रोपेपछि भने धेरै ख्याल गर्नुपर्छ । घरमा बेर्ना, बोट लैजाने हो भने अहिले सिजन हो । सिजनअनुसार पानी राख्नुपर्ने र मल पनि बेलाबेला राख्नुका साथै बिरुवाका पात तथा डाँठ पहेंला भए काट्न सकिने सुझाव तुलाधरको छ । बेर्ना लगेर रोप्दा भने मर्ने सम्भावना हुने भएकाले विशेष ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् । इन्डोर प्लान्ट सूर्यको सीधा प्रकाशबिनै हुर्कने हुन्छ । घामबिना नै हुर्कने भए पनि घरभित्र लगाउँदा वा राख्दा न्यानो तापक्रम भने हुनुपर्ने उनी बताउँछन् । जाडोमा सातामा १ पटक पानी राख्दा हुने तर गर्मीमा भने दैनिकजसो आवश्यकताका आधारमा बिरुवामा पानी राख्न सकिने उनी सुझाउँछन् । ठूला बिरुवा किन्दा मर्ने, नाश हुने सम्भावना हुँदैन । कतिपयले घरमा आर्टिफिसियल प्लान्ट पनि राखेको पाइन्छ । तर, केही रकम खर्च गरेर भए पनि यस्ता प्लान्ट लगाउँदा अक्सिजन प्युरिफाइ हुने, डेकोरेटिभ देखिने, क्लासिक लुक देखिने भएकाले यी प्लान्ट लगाउनु लाभदायी हुन्छ ।