होम क्वारेन्टाइनका कारण कोरोना संक्रमणको जोखिम बढ्यो

होम क्वारेन्टाइनका कारण कोरोना संक्रमणको जोखिम बढ्यो प्रदेश ७

सम्बन्धित सामग्री

कोरोना संक्रमणको जोखिम घटेसँगै चिडियाखाना अवलोकन गर्ने बढे

कोरोना संक्रमण दर घटेसँगै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ता बढ्दै गएका छन् । कोरोना संक्रमणको जोखिम घटेसँगै पर्यटकहरू बढ्दै गएका हुन् । चिडियाखाना प्रशासनका अनुसार हिजोआज दैनिक कम्तीमा १५...

कायमै छ कोरोना संक्रमणको जोखिम

चोकचोकमा बसेर बसिबियालो गर्ने विषय बनेको कारोना भाइरसले केही समय विश्राम लियो। अहिले भने पुनः कोरोना कहरको नयाँ चरण सुरु भएको छ र यसबारे बहस पनि हुन थालेको छ। कोरोना संक्रमण दर पुनः फैलिन सक्ने भनेर सरकारले पनि सचेत गराइरहेकाले अब हामीले ख्याल राख्नुपर्ने अवस्था आइसकेको छ। कोरोना भाइरसको संक्रमण मानिसमा मात्र नभएर जनावरमा पनि […]

कोरोना संक्रमणको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालय जनाएको छ ।  यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा

कोरोना संक्रमणको जोखिम बढ्दै, थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

माघ ३, काठमाडौं।  नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पाइएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत आइतवार भने ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४३५ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार उक्त अवधिमा मुलुकका विभिन्न भागका अस्पताल तथा स्वास्थ्य केन्द्रमा कुल १४ हजार १४ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जना र ६ हजार ७३४ ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । हाल मुलुकभरमा ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा झण्डै ४ हजार संक्रमित काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९४३ जना, भक्तपुर  जिल्लामा २०१ जना र ललितपुर जिल्लामा ७९५ जना संक्रमित थपिएका छन्। हाल काठमाडौं उपत्यकामा १९ हजार ३८७ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३ हजार ९८६ जना, ललितपुरमा ३ हजार ५५५ जना र भक्तपुरमा १ हजार ८४६ जना सक्रिय संक्रमित छन्।  मन्त्रालयको तथ्यांक अनुसार अझै एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघको दोस्रो साता उच्च विन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपासमा रहेको छ ।  यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दैनिक २०/ २२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने प्रक्षेपण गरेका छन् ।

कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओ छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौँ उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो । जिल्लामा आ–आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक […]

कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओले बोलाए छुट्टै बैठक

२५ पुस, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो । जिल्लामा आ-आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज […]

दसैँलक्षित खसीबोका उपत्यका भित्रिन थाले

काठमाडौं उपत्यकामा दसैँलक्षित खसीबोका भित्रिन थालेका छन् । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसीबोका किन्नेको भिड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनुअघिका वर्षझैँ पर्याप्त मात्रामा खसीबोका नआएको कारण मूल्यमा...

कोरोना संक्रमण बढ्दै जाँदा भारतसँगका मूख्य नाकाहरुमा कडाइ

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारतसंगका मूख्य नाकाहरुमा कडाई गरिए पनि अन्य नाकाहरु भने सामान्य अवस्थामा झैं छन् । रुपन्देहिमा सुनौली–बेलहिया नाकामा चेकजाँच गरिने भए पनि अन्य नाकाहरुमा निर्वाध आवत जावत भैरहेको छ । बेलहिया नाकाबाट मात्र दैनिक करिब एक हजार २ सय जना नेपाल आउने र करीब सात सय भारत जाने गरेका […]

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै […] The post कोरोना संक्रमणको तेस्रो लहर ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट […] The post कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.